२०८२ माघ १० गते शनिवार

बाख्रा चराउन गएको बेला ढुंगाले लागेर सल्यानमा एक बालकको मृत्यु

सल्यान, साउन १४। सल्यानमा बाख्रा चराउन गएको बेला माथिबाट खसेको ढुंगाले लागेर एक बालकको मृत्यु भएको छ ।

शनिवार दिउँसो २ बजेतीर जिल्लाको शारदा नगरपालिका ९ मा रहेको सुनधारा सामुदायिक बनको पातेखोला भन्ने स्थानमा बाख्रा चराउन गएका सोही वडाको ढिकमुली टोलका ११ बर्षिय अर्जुन बुढाथोकीको ढुंगाले लागेर घटनास्थलमा नै मृत्यु भएको हो ।

बाख्रा चराउन गएको बेलामा माथिबाट ढुंगा खसेर बालकको टाउकोमा चोट लागेको र उनको घटनास्थलमा नै मृत्यु भएको वडाअध्यक्ष हेमेन्द्र कुमार बुढाथोकीले जानकारी दिए।

शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्यानमा ल्याइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *