तुलसीपुर,साउन १३ । दाङमा मोटरसाइकल अनियन्त्रित भई पल्टिदा चालक गम्भीर घाइते भएका छन् ।
शनिबार बिहान पौने ३ बजेको समयमा दंगीशरण गाउँपालिका वडा नंं.५ संघारीचोकमा रगैचादेखि तुलसीपुर तर्फ आउँदै गरेको रा ६ प ७९५५ नं को मोटरसाइकल अनियन्त्रित भई पल्टिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका वडा नं.८ नयाँ बस्ती निवासी कमान सिंह घर्तीको छोरा १८ वर्षीय गगन घर्तीमगर रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक पर्वत केसीले जानकारी दिए ।
घाईते घर्तीको अवस्था गम्भीर रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर उपचार भई रहेको छ ।
प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार