२०८२ पुष ३० गते बुधवार

विषालु च्याउ खाँदा थप एक जनाको मृत्यु

रोल्पा, साउन १३ । विषालु च्याउको सेवनबाट रोल्पामा थप एक जनाको मृत्यु भएको छ ।

विषालु च्याउ खाएर बिरामी भएपछि लुम्बिनी सीटी हस्पिटल बुटवलमा उपचार गराइरहेकी लुङ्ग्री गाउँपालिका वडा नम्बर ५ बुझिङ निवासी २६ वर्षिय बिमला विक शनिबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

गत असार २६ गते बिषालु च्याउँ खाएर सोही ठाउँका एकै परिवारका २६ बर्षकी बिमला विक, ७ बर्षकी रोशनी विक, २४ बर्षकी दिलमाया विक (दिल्कु), ६ बर्षकी आकृती विक, र २३ बर्षकी ऋतु विक बिरामी परेका थिए ।

बिरामी परेकालाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा लगिएको थियो । अवस्था जटिल बनेपछि फेरि थप उपचारको लागि असार ३१ गते लुम्विनी सिटि हस्पिटल वुटवल रुपन्देहीमा गएकामध्ये २६ बर्षिय बिमलाको शनिबार ९आज० बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सुचना अधिकारी प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

बिषालु च्याउँको सेवनबाट बिरामी भएका सोही परिवारकै ७ बर्षकी बालिका रोशनी विकको श्रावण २ गते उपचारको क्रममा मृत्यु भएको थियो भने यसअघि असार २५ गते बिषालु च्याउँ खाएर बिरामी परेका सोही ठाउँका ३५ वर्षीया भिमा गुरुङ, ११ वर्षको सुशील गुरुङ र ६ वर्षको प्रेम गुरुङको निधन भएको थियो ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *