२०८२ माघ ४ गते आइतवार

क्रिकेट संघ दाङको अधिवेशन साउन २२ गते हुने


दाङ,साउन १३ । क्रिकेट संघ दाङ (क्यान)को अधिवेशन यहि साउनको २२ गते हुने भएको छ ।

क्रिकेट संघ दाङको शुक्रबार घोराहीमा बसेको अधिवेशन तयारी बैठकले यही आउने साउनको २२ गते संघको जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

संघका जिल्ला अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षता तथा लुम्बिनी प्रदेश क्रिकेट संघका प्रादेशिक सचिवालय सदस्य किशोरचन्द्र गौतमको प्रमुख आतिथ्यमा बसेको बैठकले संघको साधारणसभासँगै अधिवेशन गर्ने निर्णय गरेको हो ।

जसका लागि शनिबार साधारणसभाको सूचना जारी गर्ने र यसबीचमा संघका सदस्यहरुबीच अधिवेशनका बारेमा छलफल हुने क्रिकेट संघ जिल्ला सचिव सञ्जु केसीले जानकारी दिएका छन् ।

क्रिकेट संघ दाङमा हाल १८ जना मतदाता रहेका छन् । जसमध्य पुराना ११ जना, थप भएका २ जना र जिल्लामा रहेका ६ वटा क्रिकेट क्लवका प्रतिनिधिहरुले मतदान गर्न पाउने व्यवस्था रहेको नेपाल क्रिकेट संघका लुम्बिनी तथा कर्णाली खेलाडी छनोट समिति संयोजक कैलाश रोकामगरले जानकारी दिएका छन् ।

हाल थपिएकाहरु मतदाताहरुको हकमा दुई कार्यकाल जिल्ला कार्यसमितिमा काम गरेको, राष्ट्रिय स्तरको खेल खेलेका खेलाडी, आईसीसीको लेभव वन तालिम लिएका, अन्तर्राष्ट्रिय खेलाडी तथा क्लवका हकमा नेपाल सरकारको कुनै पनि निकायमा दर्ता भएको र क्रिकेट संघले आयोजना गरेको जिल्ला स्तरको कुनै पनि प्रतियोगितामा भाग लिएको प्रमाणका आधारमा सदस्यता दिईएको जिल्ला क्रिकेट संघका अध्यक्ष मजगैयाले बताएका छन् ।

प्रकाशित मिति : २०८० साउन १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *