२०८२ पुष ३० गते बुधवार

नेपालगंजमा चिकित्सकको परिवारले २५ करोड खर्चेर निर्माण गरेको अन्तराष्ट्रिय मापण्दण्डको ‘सिने रोयल’

दाङ, साउन १२ । बाँकेको नेपालगंजमा एक चिकित्सक परिवारले अत्याधुनिक प्रबिधि युक्त सिनेमा हल संचालनमा ल्याएका छन् ।
साउन १२ गते बिहान ९ बजेदेखि हलमा ब्यबसायिक पर्दशन सुरु भएको छ । चिकित्सा क्षेत्रमा ख्याति कमाएका हाडजोर्नी बिशेषज्ञ डा.विनोद थापा उनकी श्रीमति प्रसुती रोग बिशेषज्ञ डा.कल्पना थापाको परिवारले जग्गा बाहेक २५ करोड लागतमा अन्तराष्ट्रिय मापदण्ड अनुरुपको सिनेमा हल निर्माण गरेको हो ।

डा। द्धयका छोरा हाडजोर्नी बिषेशज्ञ डा.राहुल थापाले आफ्नै एक बिगाहा क्षेत्रफलमा अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक सिनेमा हल निर्माण गरिएको जानकारी दिए । नेपालगंज उपमहानगरपालिका वडा नं. १० को आदर्श नगर टोलको होटेल स्नेहको छेउमै निर्मित ‘सिने रोयल’ जग्गा बाहेक २५ करोड लागतमा निर्माण भएको उनले जानकारी दिए ।

‘‘सिने रोयल’ नेपालकै पहिलो ‘थ्री वे जेबिएल डल्बी एटमस साउण्ड सिस्टम र बार्को कम्पनीको लेटेष्ट प्रोजेक्सन’मा आधारित लक्जरी मल्टिप्लेक्स सिनेमा हल हो,’ डा.राहुलले भने ‘ नेपालमै अहिले सम्म यो स्ट्याण्डरको सिनेमा हल छ जस्तो मलाइ लाग्दैन ।’

चार बर्ष पहिले निर्माण कार्य सुरु भएपनि कोभिडका कारण डेढ बर्ष जति काम रोक्नु परेको डा। राहुलले जानकारी दिए ।
५६० सिट क्षमताको भइ तले सिनेमा हल ४२ फिटमा निर्माण गरिएको छ । फायर सेफ्टिका हिसावले पनि यो सिनेमा हलले अन्तराष्ट्रिय मापदण्डको पूर्ण पालना गरेको डा.राहुलले बताए ।

हलमा तीन वटा अडिटोरियम हलहरु रहेका छन् । डा.राहुल नेपालगंजको वष्टर्न हस्पिटलका प्रबन्ध निर्देशकसमेत हुन । यो उनको परिवारले नै संचालन गरेको हस्पिटल हो । पाँच बर्ष पहिले एमबिबीएस पुरा गरेका डा. राहुलले फेरि दुई महिना पछि थप अध्यनका लागि बिदेश जान थालेको जानकारी दिए ।

तपाँई र तपाँईको अभिभावक चिकित्सा क्षेत्रमा ख्याति कमाएर पनि किन फरक सिने क्षेत्रमा यत्तो लगानी गर्नु भयो ? भन्ने प्रश्नमा – हलका सञ्चालक डा.राहुलले – मनोरञ्जन हरेक ब्यक्तिको जीवनमा अति आवश्यक कुरा रहेको र हरेक पटक मानिस हलमा जाँदा फरक इमोशनका साथ जाने हुँदा मनोरञ्जनको क्षेत्रलाई पनि अगाडि बढाउन चाहेको तर्क गरे ।

‘ एउटा प्रमुख कुरा नेपालगंजको बिकासमा टेवा पुगोस भन्ने नै हो,’ उनले भने ‘ पश्चिम नेपालकै प्रमुख ब्यापारिक सहरमा आसपासका जिल्ला र भारतीय नागरिकसमेत आएर मनोरञ्जन लिन सकुन भन्ने हाम्रो चाहाना हो ।’ शनिबारदेखि नै ब्यबसायिक सोहरु सुरु गर्ने भन्दै उनले छिमेकी देश भारत लगाएत आसपासका जिल्लाहरुबाट समेत सर्वसाधारण ‘सिने रोयल’मा आउने उनले विश्वास ब्यक्त गरे ।

‘ पैंशा तिरेपछि अत्याधुनिक सुबिधा युक्त सिनेमा हलमा बसेर रमाउँदै सिनेमा हेर्न पाउने वातावरण दिनका लागि हामीले अन्तराष्ट्रिय मापदण्डको अत्याधुनिक सिनेमा हल निर्माण गरेका हौं,’ उनले भने ‘ एउटा मनोरञ्जन र पर्यटकीय हवका रुपमा नेपालगंजलाई बिकास गर्न केही न केही योगदान हुने छ ।’

शनिबार बिहान ९ बजेदेखि ‘सिने रोयल’ले ब्यापारिक रुपमा पर्दशन सुरु गर्न थालेको छ । हलमा दैनिक चार वटा सोहरु पर्देशन गरिने भएको छ ।
सिनेमा हलमा गइ सिनेमा हेर्ने दर्षकहरुको संख्या घट्दै गएको समयमा चिकित्सा क्षेत्रमा ख्याति कमाएकार चिकित्सकको परिवारले फरक क्षेत्रमा गरेको करोडौं लगानीलाई कतिपयले चुनौति पूर्ण मानेका छन् भने कतिपयले चिकत्सक परिवारले हिम्मतका साथ त्यसलाई लल्कारेको टिप्पनी गरेका छन् ।

‘साथीसंगी र परिवारका सदस्यका साथ सिनेमा हलमै पुगेर सिनेमा हेर्दाको मज्जा नै बेग्लै हुन्छ,’ राहुल गुप्ताले भने ‘ घरमा वा मोवाइलमा एक्लै हेर्दा त्यो मज्जा कहाँ मिल्छ ।’

‘सिने रोयल’ले बाँके र आसपासका जिल्लाहरुमा सिनेमा हलको कल्चर पुनः बिगतमा जस्तै स्थापित गर्ने उनले आशा ब्यक्त गरे । ‘हलहरुमा अब कोही मानिस जाँदैनन् भन्नु गतल हो,’ उनले भने ‘ हाम्रै ठूला सहरका हलहरु मात्रै हैन भारतमा समेत राम्रा हलमा राम्रा सिनेमा सयौं दिन हाउस फूलका साथ चल्दै आएका छन् ।’


त्यस्तै दर्शकहरुको चाहाना पुरा गर्न चिकित्सकको परिवारले अत्याधुनिक सिनेमा हल निर्माण गरेको हुन सक्ने उनले बताए । हाल नेपालगंजको न्यूरोडमा एउटा मात्रै क्यूएफएक्स हल संचालनमा रहेको छ ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *