२०८२ माघ १० गते शनिवार

पाँचजना सडक मानवको उद्दार


दाङ, साउन १२ । दाङको राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङ्गबाट ५ जना सडक मानवलाई उद्दार गरिएको छ ।

केही दिन पहिलेदेखि सडकमै रात बिताउने गरेका उनीहरुको उद्दार गरिएको हो । निलसागर सेवा आश्रम दाङ शाखाको अगुवाइमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट सहितको टोलीले २ पुरुष र ३ महिलालाई उद्दार गरी निलसागर सेवा आश्रमको केन्द्रीय कार्यालय नेपालगन्ज र शाखा कार्यालय राप्ती गाउँपालिका वडा ८ पिपरीमा पठाएको हो ।

उद्दार गरिएका मध्ये २ जनालाई आश्रमको शाखा कार्यलय पिपरीमा राखिएको छ भने ठाउँ अभाव र केही बिरामी रहेकाले उपचारका लागि ३ जनालाई केन्द्रीय कार्यलय नेपालगन्ज पठाइएको शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरीले जानकारी दिए ।

उद्दार गरिएका पाँचै जना नेपाली समुदायका हुन् । केही दिनदेखि सो क्षेत्रमा बेवारिसे अवस्थामा रहेको जानकारी पाए लगत्तै उनीहरुको उद्दार गरिएको हो ।

पालिकाका अध्यक्ष विष्ट सहित निलसागर सेवा आश्रम शाखा कार्यालय पिपरीका कार्यबाहक अध्यक्ष गरिबु चौधरी, वडा नम्बर दुईका वडा अध्यक्ष तथा पालिकाका प्रवक्ता पहलवान चौधरी, ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रमुख प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंह, समाजसेवी तपराज आचार्य, माधव खनाल लगायतको सहभागितामा उनीहरूको उद्दार गरिएको हो ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *