२०८१ जेष्ठ ५ गते शनिवार

मोतियाविन्दुको निःशुल्क शल्यक्रिया


तुलसीपुर, साउन १२ । आध्यात्मीक ज्ञान, चिन्तन तथा विभिन्न सामाजिक काम गर्दे आएको राधा माधव समितिले ११ जनालाई उज्यालो पर्दान गरेको छ । राधा माधव समिति दाङ तुलसीपुरले राप्ती आँखा अस्पताल संगको साझेदारीमा निःशुल्क आँखाको मोतियाविन्दुको शल्यक्रिया गरि ११ जनालाई उज्यालो प्रदान गरेको हो ।

फेको प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गरेको नेत्रअधिकृत तथा कामु अस्पताल व्यवस्थापक शालिराम गौतमले जानकारी दिए । त्यसैचिव एक कार्यक्रमको आयोजना गरि राधा माधव समितिले आफुहरुले दृष्टि विहिन्ताको अत्यका लागि साझेदारी गरि अगाडी बढने भन्दै आगामी दिनमा पनि यसलाई निरन्तर्ता दिने जनाएको छ ।

राधा माधव समिति दाङ तुलसीपुरका अध्यक्ष दिनेश कुमार डाँगीको अध्यक्षता तथा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि गिरीले राधामाधव समितिले सवैलाई सतर्कमा लाग्न प्रेरणा दिएको भन्दै यसले आध्यात्मीक ज्ञान मात्र नभई सामाजिक सेवामा पनि लाग्नु पर्छ भने सन्देश दिएको बताए ।


उनले राप्ती आँखा अस्पताल संग साझेदारी गरेर दृष्टि विहिन्ताको न्यूनिकरणमा लागेको भन्दै धन्यवाद समेत दिए । ‘हाम्रो क्षेत्रबाट हुने सहयोग यहाँहरुलाई हुने छ, यहाँहरुले पनि अन्धोपन न्यूनिकरणमा साझेदारी गनुभएको छ यसमा धन्यवाद दिन चाहान्छु –अध्यक्ष गिरीले भने । त्यस्तै कार्यक्रममा एकाडेमिक चिफ डा. सुरेश रसाइलीले राधामाधव समितिले आध्यात्मीक ज्ञान संगै सामाजिक तथा मानविय सेवामापनि काम गर्ने गरेको भन्दै धन्यवाद दिए ।


त्यस्तै राधा माधव समितिका अध्यक्ष दिनेश कुमार डाँगीले आफुहरुले राधामाधव समिति, डिभाईन युथ क्लव, विद्धत समाज अन्तर्गत विभिन्न सामाजिक क्षेत्रमा तथा मानविय सहयोग गर्ने गरेको बताए ।

‘हामीहरुका तिनटा संस्थाहरु छन् विद्धत समाज, डिभाइन युथ क्लव र राधामाधव समिति यनिहरुले विभिन्न सेवाहरु गरेका छन् –डाँगीले भने । डाँगीले हाल ११ जनाको मोतियाविन्दुको शल्यक्रिया गरेको भन्दै आगामी दिनमा पनि साथ सहयोग हुने बताए ।


सो अवसरमा आफुहरुले निःशुल्क त्यो पनि फेको प्रविधिबाट मोतियाविन्दुको शल्यक्रिया गर्न पाएको भन्दै विरामीहरुले पनि खुसी व्यक्तगरेका थिए । ‘हामीहरुलाई निःशुल्क शल्यक्रिया गरि उज्यालो पर्दान गर्नुभयो अस्पताल तथा राधामाधव समितिलाई धन्यवाद दिन चाहान्छै विरामी मोतिसरा खड्काले भनिन् । उनी जस्तै गुरुप्रसाद गन्धर्व, विजुले परियारलगायतले समितिलाई धन्यवाद दिएको थिए ।

पैशाको अभावका कारण आँखाको मोतियाविन्दुको शल्यक्रिया गर्नबाट बन्चितहरुले निःशुल्क सेवा पाउँदा निकै खुसी थिए । कार्यक्रममा राधामाधव समितिका निर्मल नेपाली बादीले राधामाधव समिति र यसले गदै आएका कार्यहरुको बारेमा जानकारी गराएको थिए ।

राधामाधव समितिका सदस्य अर्जुन जिसीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रममा राप्ती आँखा अस्पतालका बाल नेत्ररोग विशेषज्ञ डा. निता सुनाम, समाजसेवि केशव सापकोटा, राधा माधव समितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण निर्मल नेपालीले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन १२ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *