२०८१ जेष्ठ ५ गते शनिवार

पत्रकार महासंघ परिसरमा सरसफाई


घोराही,साउन ११ ।नेपाल पत्रकार महासंघ दाङ शाखाको परिसरमा सरसफाई गरिएको छ ।

बिहिवार पत्रकार महासंघ महिला विभागको आयोजनामा सरसफाई कार्यक्रम गरिएको हो ।

कार्यालयलाई सफा सुग्घर बनाउँने अभियान अन्तर्गत महासंघको कार्यसमितिका सदस्यहरुको सक्रियतामा सरसफाई कार्यक्रम सम्पन्न भएको हो ।

महिला विभागका संयोजक बसुन्धरा गौतमको अध्यक्षतामा भएको सरसफाई कार्यक्रममा महासंघका अध्यक्ष दुर्गालाल केसीले महिला विभागले आयोजना गरेको सरसफाई कार्यक्रम प्रसंसनीय रहेको भन्दै यस्ता उपलब्धिमुलक र उदाहरणीय कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए ।

उनले सस्थाको हितका लागि सबैबाट सहकार्य हुन जरुरी रहेको पनि बताए ।

सरसफाई कार्यक्रममा उपाध्यक्ष सन्तोष सुवेदि, सचिव आर.के. शितल,सहसचिव दिप्तिशिखा चौधरी,कार्यसमिती सदस्यहरु यमकला भुसाल,अन्जना चौधरी,उमा भण्डारी, जीवन नेपाली ,गिरिराज नेपाली ,कुलदिप न्यौपाने लगाएतको उपस्थिती रहेको थियो ।

उक्त कार्यक्रमको शहजीकरण महिला विभाग सह- संयोजक दिप्तीशिखा चौधरीले गरेकी थिइन् ।

साथै फोहोर ब्यवस्थापन गर्नका लागि घोराही उपमहानगरपालीकाले सहयोग गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *