२०८१ जेष्ठ ५ गते शनिवार

जातिय बिभेदको मुद्दामा पक्राउ परेका ब्यक्ति धरौटीमा छुटे

तुलसीपुर, साउन ११ । जातीय विभेद मुद्दामा पक्राउ परेका घोराही उपमहानगरपालिका–१७ का ६८ वर्षीय ताराप्रसाद पोखरेल धरौटीमा छुटेका छन ।

जिल्ला अदालत दाङले बिहीबार ताराप्रसादलाई एक लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।

अदालतले भनेजति धरौटी बुझाएर उनी तारेखमा छुटेका हुन ।

अछाम पञ्चदेवल विनायक नगरपालिका वडा नं. ७ का २३ वर्षीय महेन्द्र विकसहित उनका परिवारका सदस्यलाई दलित भन्ने थाहा पाएपछि ताराप्रसादले कोठामा बसेको तीन दिन भित्रै घरबाट निकालेका थिए ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार असार १५ गते ताराप्रशादले उनीहरुका कोठाका सर सामान बाहिर फालिदिएका थिए।

यो घटना पछि जातीय विभेद गरेको भन्दै महेन्द्र प्रहरी कार्यालयमा पुगेर ताराप्रसादविरूद्ध किटानी जाहेरी दिएका थिए।
प्रहरीले उनलाई असार १६ गते पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *