२०८१ जेष्ठ ५ गते शनिवार

तीन दिन सम्म पनि फेला परेनन् बाढीले बगाएका युवक

तुलसीपुर, साउन ११ । तीन दिनसम्म खोजी गर्दापनि बाढीले बगाएका घोराहीका एक युवक फेला परेका छैनन् ।

साउन ९ गते घोराही उपमहानगरपालिका–७ शुक्रबारेस्थित जंगुवा खोलामा माछा मार्न गएका घोराही–१० का २८ वर्षीय सुनिल पुन मगरलाई साढे ४ बजेतिर जंगुवा खोलामा आएको बाढीले बगाएको थियो ।

उनी बगेको सूचना पाए लगतै प्रहरी र स्थानीयले खोजी गर्न सुरु गरेका थिए ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगाएत स्थानीयले खोजी गर्दासमेत बेत्तपा युवकलाई तीन दिनसम्म फेला पार्न नसकिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमका अनुसार जानकारी दिए ।
घोराहीबाट दंगीशरणको सीमानासम्म खोजी गर्दापनि बाढीले बगाएका युवक फेला पार्न नसकिएको उनले बताए ।
खोजी कार्य जारी रहने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *