
फाइल तस्विर
दाङ, वैशाख ७ । लमहीमा जारी आठौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा प्रदेश १ विजयी भएको छ। शनिबार बिहान भएको खेलमा गण्डकी प्रदेशलाई १० विकेटले पराजित गर्दै प्रदेश १ विजयी भएको हो । आजको जितसँगै प्रदेश १ सेमिफाइनलमा प्रवेश गरेको छ।
टस जितेर व्याटिङ गर्न आएको गण्डकी प्रदेशले सम्हालिन नसक्दा झिनो रनमा अल आउट हुन पुग्यो। १३.३ ओभरमा २५ रन बनाउँदै प्रदेश १ अलआउट भयो। गण्डकी प्रदेशका लागि शिला रेग्मीले ६ रन बनाउनु बाहेक अरु खेलाडीले रन बनाउन सकेनन्।
गण्डकी प्रदेशलाई सस्तैमा समेट्न प्रदेश १ कि सवनम राईले ४, संगीता राईले ३, रश्मी शर्मा चौलागाईंले २ तथा अप्सरी बेगमले १ विकेट लिइन्।
२६ रनको लक्ष्य साथ ब्याटिङमा उत्रिएको प्रदेश १ ले २.४ ओभरमा जित निकाल्यो। प्रदेश १ लाई जित दिलाउन रुविना क्षेत्री बेल्बासेले १८ रन तथा काजोल श्रेष्ठले ८ रनको अविजित योगदान दिइन्। श्निवारको जितसँगै प्रदेश १ समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको छ भने गण्डकी प्रदेश बाहिरिएको छ। खेलमा ४ विकेट लिन सफल सवनम राई प्लेयर अफ द म्याच भइन्।