२०८१ बैशाख २१ गते शुक्रवार

पशु विकास शाखा प्रमुखमाथि कुटपिट

सल्यान, साउन ११ । सल्यानको त्रिवेणी गाउँपालिकामा कर्मचारीमाथि कुटपिट भएको छ । गाउँपालिकाको पशु विकास शाखाका प्रमुख वसन्त रावतमाथि कार्यकक्षमै कुटपिट भएको हो ।

बुधबार दिउँसो त्रिवेणी, ६ कोस पिपल निवासी जनक बुढाथोकीले विना कुनै कारण शाखा प्रमुख माथि आक्रमण गरेको गाउँपालिकाले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

रावतमाथी कार्यकक्षमै विना कारण कुटपिट भएको भन्दै त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर बुढाले कुटपिट गर्ने व्यक्तिलाई कानुनी कारबाहीको माग गरेका छन् ।

शाखा प्रमुख रावतले भने, ‘आफ्नै कार्यकक्षमा बसेर वार्षिक प्रगति विवरण तयार गर्दै थिएँ, दिउँसो २ बजेतिर कार्यकक्षमा प्रबेश गरि आक्रमण गर्याे ।’

रावतले ५÷६ पटक टाउकोमा प्रहार गरेको र उक्त आक्रमणबाट आफ्नो चश्मा फुटेको पनि जानकारी दिए ।

कर्मचारी माथि कुटपिट गर्ने जनकलाई लगत्तै गाउँ प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय लुहामलाई बुझाएको थियो ।

कुटपिट गर्ने जनक माथि प्रहरीमा रावतले ज्यान मार्ने उद्योग सम्बन्धि उजुरी दर्ता गराएको इलाका प्रहरी कर्यालय लुहामका प्रमुख प्रहरी निरीक्षक प्रेमबहादुर बोहराले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *