२०७७ मङ्सिर १२ गते शुक्रवार

पुलिसले सुदुरपश्चिमलाई ७ गोल हान्यो

फाइल तस्बिर

दाङ, वैशाख ७ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार बिहान भएको महिला फुटबल खेलमा नेपाल पुलिस क्लव विजयी भएको छ । सुदूरपश्चिम प्रदेशलाई शुन्यका विरुद्ध ७ गोलले हराउँदै पुलिसले विजयी यात्रालाई निरन्तरता दिएको छ ।

घोराहीको भरतपुर मैदानमा भएको खेलमा नेपाल पुलिस क्लवकी जर्सी नम्बर १४ की निरु थापा र जर्सी नम्बर ७ की निर्मला बिकले ह्याट्रिक गरेका छन्।

थापाले शुक्रवार प्रदेश ५ सँग भएको खेलमा पनि ह्याट्रिक गरेकी थिइन्। थापाले पहिलो हाफको ४२ तथा दोस्रो हाफको ८ र ४२ औं मिनेटमा गोल गरेकी थिइन्। बिकले पहिलो हाफको २० तथा दोस्रो हाफको १६ र ४९ औं मिनेटमा गोल गरेकी थिइन्। जर्सी नम्बर १९ की रञ्जिता गुरुङले पहिलो हाफको ३९ औं मिनेटमा एक गोल गरेकी थिइन्।

प्रकाशित मिति : २०७६ बैशाख ७ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *