२०८१ बैशाख २१ गते शुक्रवार

बिधेयक विरुद्ध विरोध प्रदर्शन


तुलसीपुर,साउन ११ । हिंसालाई बढवा दिने गरि ल्याउन ल्याएको बिधेयक विरुद्ध मानव अधिकार तथा शान्ति दाङ शाखाले प्रदर्शन गरेको छ ।

मुलुकी फौजदारी कार्यविधि सहिता २०७४ को दफा ११६ मा “क” थप हिंसालाई बढावा दिने गरि ल्याउन लागेको संसोधित बिधेयक विरुद्ध शान्ति समाज सडकमा आएको हो ।

जुनसुकै मुद्दा फिर्ता लिने प्रावधानसहितका संसदमा प्रस्तुत संशोधन विधेयकको बिरोध गरिएको समाज दाङ शाखाले जानकारी दिएको छ ।

शान्ति समाज दाङ शाखाका कार्यबाहक सभापति कोमल डिसीको सभापतित्वमा भएको प्रदर्शन कार्यक्रम पछि आयोजित कोणसभामा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सचिब निर्मल नेपाली, निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापती सुशील बस्नेत,जेष्ठ नागरिक समाज लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारी लगायतले तत्काल उक्त बिधेयक संसद बाट फिर्ता गर्न माग गरेका छन ।

कार्यक्रमको सहजीकरण सचिव अमृत प्रसाद शर्माले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *