लक्ष्मण – राजेश,
दाङ, वैशाख ७ । प्रतियोगिता अन्तरगत दाङको घोराहीमा शनिवार भएको फाईनल ब्याडमिन्टन भिडन्तमा एपिएफका दिपेश धामी र रसिला महर्जनले स्वर्ण जितेका छन् । फाईनलमा दिपेशले रत्नजित तामाङलाई २१–१६ र २१–१४ को सोझो सेटमा पराजित गरे भने आर्मीकी १४ वर्षीया रशिला महर्जनले नङ्शल तामाङलाई १९–२१, २१–१४ र २४–२२ ले पराजित गरेकी हुन । यो संगै उनीहरुले नयाँ इतिहास रच्न सफल भएका छन् ।
यो संगै आर्मीका दिदीभाई रत्नजित तामाङ र नङ्शल तामाङको केही वर्ष यताको लगातार जितमा धामी र महर्जनले ब्रेक लगाउन सफल भएका छन् ।
राष्ट्रिय प्रतियोगितामा लगातार ४ बर्ष जितेर एकाधिकार जमाएका रत्नजितको जितमा यसपटक दिपेश बाधक बन्न सफल मात्रै भए ।
शनिवार आर्मीलाई ४ र एपिएफलाई २ स्वर्ण
प्रदेश पाँचमा जारी आठौं राष्ट्रिय खेलकूद अन्तर्गत दाङको वेलझुण्डीमा एथ्लेटिक्स अन्तर्गत शनिवारआर्मीलाई ४ र एपिएफले २ वटा स्वर्ण पदक जितेका छन् । योस संगै अब हाइजम्प, डिसकस थ्रो, २ सय मिटर दौड अन्तर्गतका महिला र पुरुषका इभेन्ट सकिएका छन् ।
महिला तर्फको हाईजम्प इभेन्टसमा एपिएफकी शिला चौधरीले १ मिटर ५० सेन्टिमिटर छलाङ मार्दै स्वर्ण पदक जितेकी छन् । आर्मीकी खगिना सिञ्जालीले १ मिटर ४८ सेन्टि मिटरका साथ रजत पदक जितिन भने प्रदेश नं. ५ की अनिता चौधरी र प्रदेश १ की विन्दु चौधरीले समान १ मिटर ३५ सेन्टिमिटरको दुरी पारगर्दै कास्य पदक जिते ।
त्यसैगरी पुरुष हाईजम्प तर्फको स्पर्धामा आर्मीका सूर्यबहादुर खत्रीले १ मिटर ९० सेन्टिमिटर छलाङमार्दै स्वर्ण जितेका छन भने नेपाल पुलिसका गोपाल चौधरीले १ मिटर ७५ सेन्टिमिटर छलाङ लगाउँदै रजत पदक जिते । प्रदेश ३ का विकास खाँड ठकुरीले १ मिटर ७० सेन्टिमिटर छलाङ लगाएर कास्य पदक हात पार्न सफल भए ।
डिसकस थ्रोमा पुरुष तर्फको स्वर्ण पदक आर्मीले जितेको छ । आर्मीका चित्रबहादुर वलीले ३७ मिटर ९२ सेन्टिमिटरका साथ स्वर्ण पदक जितेका हुन । यो स्पर्धामा पुलिसका पुष्कल खड्काले ३३ मिटर ५० सेन्टिमिटरका साथ रजत पदक जितेका छ न् भने प्रदेश नं. १ का रन्जिल श्रेष्ठले ३२ मिटर ६५ सेन्टिमिटरका साथ कास्य पदक हात पारे ।
महिला तर्फको डिसकस थ्रोको स्वर्ण पदक पनि आर्मीले नै कव्जा गरेको छ । आर्मीकी अमृता महतोले ३६ मिटर ०३ सेन्टिमिटरका साथ स्वर्ण पदक जित्दा प्रदेश नं. ५ की संगिता अधिकारीले ३२ मिटर ८० सेन्टिमिटरका साथ रजत पदक हात परिन् । यो स्पर्धामा एपिएफकी जितकुमारी महतोले ३१ मिटर ८५ सेन्टिमिटरका साथ कास्य पदक हात पारिन् ।
२ सय मिटर दौड अन्तर्गत एपिएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले २१ दशमलब ८३ सेकेण्डमा उक्त दुरी पार गरेका हुन । आर्मीका अभिषेक चौधरीले २२ दशमबल ४६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक र प्रदेश नं. ४ का प्रकाश राना मगर २२ दशमलब ५१ सेकेण्डमा त्यो दुरी पार गर्दै कास्य पदक हात पारे ।
२ सय मिटर महिला स्पर्धामा आर्मीकी सरस्वती चौधरीले २६ दशमलब २६ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन । यो स्पर्धामा ५ नं. प्रदेशकी जयरानी चौधरीले २६ दशमलब ३६ सेकेण्डमा दुरी पार गर्दै रजत पदक हात परिन् । यो स्पर्धामा कास्य पदक पनि आर्मीकै कृष्णा चौधरीले २६ दशमलब ६५ सेकेण्डमा दुरी पार गर्दै जितिन ।