२०८१ बैशाख २१ गते शुक्रवार

राप्ती नदीमा फसेका २६ जनाको सकुशल उद्धार

बाँके,साउन १० । बाँकेको नरैनापुर गाउँपालिका-५ भगवानपुरघाटस्थित राप्ती नदीको भँगालोमा फसेका २६ जनाको सशस्त्र प्रहरी बलले साउन ९ गते बेलुका उद्धार गरेको छ ।

नरैनापुर गाउँपालिकाकै मटैहिया, नवाजीगाउँ, जमुनी र गंगापुरका स्थानीय बासिन्दाहरु भारतको जमुनाह बजारबाट नेपाल फर्कने क्रममा एक्कासी नदीको बहाव बढेपछि भँगालोमा फसेका थिए ।

सशस्त्र प्रहरी बल नेपाल नं.३० बागेश्वरी गण बाँके र बीओपी गंगापुरबाट विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरीको टोली आवश्यक उद्धार सामग्री सहित तत्कालै उक्त स्थानमा खटिई उनीहरुको सकुशल उद्धार गरेको सशस्त्र प्रहरी निरीक्षक दिलकुमार श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *