२०८१ बैशाख २१ गते शुक्रवार

सर्पदंशको भरपर्दो उपचार गर्न नागरिक समाजको ध्यानाकर्षण

तुलसीपुर, साउन १० । सर्पदंशको भरपर्दो उपचार गर्न नागरिक समाजले राप्ती प्रादेशिक अस्पताललाई ध्यानाकर्षण गराएको छ ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर ओम अर्याललाई सर्पदंशबाट घाइतेको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा राम्रो हुन्छ भन्ने बिश्व दिलाउन अपनाउनु पर्ने दक्षता, क्षमता र सीप प्रयोग गर्न आग्रह गरिएको मान अधिकार तथा शान्ति समाज दाङका कार्यबाहक सभापति कोमल डिसीले जानकारी दिए ।

समुदायमा सर्पदंशको उपचार प्रादेशिक अस्पतालमा राम्रो हुदैन भन्ने गुनासो रहेको शान्ति समाजका निवर्तमान केन्द्रिय वरिष्ठ उपसभापति एवम पत्रकार सुशील बस्नेतले मेसु डाक्टर अर्याललाई सुनाए।

सर्प उद्वारकर्ता प्रभात भण्डारीले सर्पदंश बिषालु हो वा होईन अस्पतालले उपचारका क्रममा छुट्टाउन सक्नु नै प्रभाबकारी उपचारको महत्वपूर्ण प्रक्रिया रहेको बताए । कहिले काहीँ सामान्य अवस्थाको बिरामीलाई बिषालु भनिदिने र बिषालुलाई होइन्न भन्दा दुबै कारण बिरामीको ज्यान जान सक्ने अनुभव भण्डारीले सुनाए ।

अस्पतालका मेसु डाक्टर अर्यालले नागरिकहरु गुनासोलाई मध्यनजर गर्दै सर्पदंशका बिरामीको उपचारलाई थप प्रभाबकारी बनाउने बताए । आईसियु,४ जना मेडिकल अधिकृत र ६ जना स्टाफ नर्सको व्यवस्था हुन सके राम्रो सेवा दिन सकिने बताए ।

अस्पताल सेवा बिश्वास नरहेका सर्पदंशका बिरामी झारपुक वा अन्य ठाउमा जाने गरेको र जसका कारण थप जोखिम बढेको गुनासो सुनिए पछि मानव अधिकार तथा शान्ति समाज अगुवाईमा सर्प दंश उद्वारकर्ता, लाईन्स क्ल्व ईसान तुलसीपुरका अध्यक्ष ऋषिराज भण्डारी, शान्ति समाज दाङका सचिब अमृत प्रसाद शर्मा, सदस्य गोरख वली लगाएतका प्रतिनिधिहरुको संयुक्त प्रतिनिधि टोलीले अस्पतालमा ध्यानाकर्षण गराएको हो ।

गत बैशाख यता तुलसीपुर क्षेत्रमा मात्र सर्प दंशका कारण कम्तीमा ५ जनाले ज्यान गुमाएका छ्न ।

सर्पका बिरामीलाई प्रभावकारी रुपमा उपचार गर्नका लागि भेन्टिलेटर अनिवार्य रहेको छ । दाङमा करेत र गोमन सर्पको दंशबाट धेरै व्यक्तिको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *