२०८२ माघ २ गते शुक्रवार

लुम्बिनी प्रदेशमा झण्डै ३ लाख सवारी साधन कारवाहीमा

२१ करोड ७१ लाख बढी राजश्व संकलन

तुलसीपुर,साउन १० । लुम्बिनी प्रदेशमा गत आर्थिक वर्ष २०७९/०८० मा ट्राफिक नियम विपरित चलेका दुई लाख ९६ हजार ३ सय ४५ सवारी साधन कारवाहीमा परेका छन्।

उक्त कारवाही वापत २१ करोड ७१ लाख ७४ हजार ५ सय राजश्व संकलन भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ।

लुम्बिनीका १२ जिल्लामा ट्रक, बस, जीप, कार, भ्यान, टक्याटर, मोटरसाइकल, टेम्पो र अन्य गरी २ लाख ९६ हजार ३ सय ४५ सवारी साधन कारवाहीमा परेका हुन्।

सबैभन्दा बढी रुपन्देही जिल्लामा एक वर्षको अवधीमा ८१ हजार ४ सय ५० सवारी कारवाहीबाट ८ करोड १४ लाख ९२ हजार पाँच सय राजश्व संकलन भएको लुम्बिनी प्रदेश ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख कृष्ण प्रसाईले जानकारी दिए।

सबैभन्दा कम पूर्वी रुकुममा ६ हजार २ सय १२ सवारी कारवाहीबाट ३७ लाख २१ हजार राजश्व संकलन भएको छ। दाङ जिल्लामा एक वर्षको अवधीमा ४७ हजार ७ सय ९५ सवारी साधन कारवाहीमा परेका छन्। जसबाट ३ करोड ११ लाख २० हजार ५ सय राजश्व संकलन भएको छ।

सबैभन्दा बढी मोटरसाइकल कारवाहीमा परेका छन्। दाङमा मात्रै १६ हजार २ सय ८१ मोटरसाइकल कारवाहीमा परेका छन्।

बाँके जिल्लामा ४३ हजार ८ सय ३८ सवारी कारवाहीबाट २६ करोड १९ लाख ७ हजार राजश्व संकलन भएको छ।

जिल्लामा सबैभन्दा बढी १५ हजार एक सय ५७ ट्रक कारवाहीमा परेका छन्। बर्दीया जिल्लामा १८ हजार ९६ सवारी साधन कारवाहीबाट १० करोड ४ लाख २१ हजार ५सय रावश्व संकलन भएको छ। प्युठान जिल्लामा ८ हजार ५० सवारी साधन कारवाहीबाट ४६ लाख ८२ हजार ५ सय राजश्व संकलन भएको छ।

रोल्पा जिल्लामा एक वर्षको अवधीमा ५ हजार ७ सय ४१ सवारी साधन कारवाहीबाट ३३ लाख ६४ हजार राजश्व संकलन भएको कार्यालय जनाएको छ।

गुल्मी जिल्लामा १० हजार ९७ सवारी कारवाहीबाट ६३ लाख १४ हजार राजश्व संकलन भएको छ। पाल्पा जिल्लामा १९ हजार ८५ सवारी कारवाहीबाट १३ करोड ३७ लाख ३ हजार राजश्व संकलन भएको छ।

कपिलवस्तु जिल्लामा एक वर्षको अवधीमा २५ हजार ९ सय ५२ सवारी साधन कारवाहीबाट १७ करोड ७१ लाख एक हजार राजश्व संकलन भएको छ।
नवलपरासी पश्चिममा २७ हजार ६ सय ८४ सवारी कारवाहीबाट १६ करोड ८८ लाख दुई हजार पाँच सय राजश्व संकलन भएको छ।

ठूला सवारी साधनमा क्षमताभन्दा बढी तौल बोक्दा, साना सवारी साधन र टेम्पो नियम विपरीत तथा सिट क्षमताभन्दा बढी यात्रु राखेको र कागजात साथमा नहुँदा कारवाहीमा परेका हुन्।

प्रकाशित मिति : २०८० साउन १० गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *