२०८२ माघ ३ गते शनिवार

रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु


रोल्पा,साउन ९ । रोल्पामा खोलाले बगाउदा एक जनाको मृत्यु भएको छ।

गंगादेव गाउँपालिका ५ बथानका ६५ बर्षका फौदबहादुर बुढामगरको खोलाले बगाउदा मृत्यु भएको हो।

मंगलबार दिउसो करिब ३ बजे गंगादेव गाउँपालिका वडा नम्बर ५ को वडा कार्यालय नजिकै खोलाले बगाएर ल्याएको अबस्थामा स्थानीयले फेला पारेको त्यहाँबाट भुपेन्द्र घर्ती मगरले जानकारी दिए

स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयको टोलीले शवलाई पानीबाट निकालेको थियो ।

घर नजिकै खोला रहेकोले खोला तर्ने क्रममा बगाएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकृत प्रकाश भुसालले जानकारी दिए ।

पाखापानी प्रहरी चौकीका असई योगेन्द्र कुमार पुनको कमान्डमा खटिएको प्रहरीको टोलीले थप अनुसन्धान गरिरहेको समेत भुसालले बताए ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *