तुलसीपुर, साउन ९ । यात्रु बहाक बसको ब्रेक फेल भइ टिप्पर संग ठोक्किदा बसमा सवार १७ यात्रु घाइते भएका छन् ।
लमही – घोराही सडक खण्डको लमही नगरपालिका – ६ बेलदमारमा बसको ब्रेक फेल भएपछि रोकिराखेको टिप्परमा गइ ठोक्किएको थियो ।
घोराही तर्फ आउँदै गरेको बालुवा बोकेको रा १ ख २०१७ नम्बरको टिप्परमा लमही तर्फ जाँदै गरेको ग १ ख ९९७८ नम्बरको बस ब्रेक फेल भइ दिउँसो साढे ३ बजेतिर ठोक्किएको थियो ।
२६ जना यात्रु सवार बसमा १७ जना सामान्ने घाइते भएको जिल्ला प्रहरी प्रबक्ता डिएसपी राजन गौतमले जानकारी दिए ।
सडक खण्ड एकतर्फी संचालनमा रहेको छ ।
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार