२०८२ माघ १० गते शनिवार

दाङमा बाढीले बगाएर एक युवक बेपत्ता

दाङ,साउन ९ । दाङमा बाढीले बगाएर एक युवक बेपत्ता भएका छन् ।
घोराही उपमहानगरपालिका–७ जंगुवा खोलामा आएको बाढिमा डुबेर घोराही उपमहानगरपालिका–१० का २८ वर्षका सुनिल पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता राजनकुमार गौतमले जानकारी दिए ।

उनका अनुसार दिउँसो साढे चार बजेतिर खाेलामा आएको बाढिमा माछा मार्ने क्रममा डुवेर पुन मगर बेपत्ता भएका थिए ।

बेपत्ता पुनमगरको खोजी कार्यका लागि प्रहरी सहायक निरिक्षक लुकप्रसाद चन्दको नेतृत्वमा दश जना प्रहरीसहित स्थानीयहरुद्वारा खोजी कार्य भइरहेको प्रहरी नायव उपरिक्षक गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *