२०८२ माघ ३ गते शनिवार

तुलसीपुरबाट घोराही जाँदै गरेको स्कार्पियो खोलाले बगायो

तुलसीपुर, साउन ९ । तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको एउटा स्कार्पियो खोलामा आएको बाढीले बगाएको छ ।

तुलसीपुर उपमहानगरपालिका – १४ जनकपुरमा स्थानीय खोलामा आएको बाढीले तुलसीपुरबाट घोराही तर्फ जाँदै गरेको बा ११ च १५११ नम्बरको स्कार्पियो बगाएको हो ।

बिहान पौंने ११ बजेतिर बाढीले बगाएको स्कार्पियो निकाल्ने प्रयास भइ रहेको प्रहरी सहायक निरीक्षक दीपक चन्दले जानकारी दिएका छन् । स्कार्पियोमा चालक मात्रै रहेको र उनको उद्धार गरिएको प्रहरीले बताएको छ ।

जिल्लामा बिहानदेखि परिरहेको पानीका कारण नदी तथा खोलाहरुमा पानीको बहाब ह्वात्तै बढेको छ । सरोकारवालाहरुले सावधानी अपनाउन आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *