तुलसीपुर,साउन ९ । दाङ सहित देशका विभिन्न जिल्लाहरुमा भारी वर्षा भएको छ ।
गएरातीदेखि निरन्तर वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार दाङको बागासोती, लालमटीया, घोराही, शुक्रबारे, लमही, भालुवाङ, रातामाटा लगायतका स्थानामा भारी वर्षा भइरहेको छ ।
यस्तै प्युठानको बिजुवार मारीखोला, हंसपुर र आसपासका वस्तीमा भारी वर्ष भएको मौसम विभागले जनाएको छ ।
लगातारको वर्षातका कारण राप्ती नदि, बबई नदि र खहरे खोलामा अचानक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले मोवाईलमा एसएमएस गरेर दिउँसोसम्म सतर्क रहन अनुरोध गरेको छ
प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार