२०८२ माघ ४ गते आइतवार

बुटवलको तिनाउ र दानव नदीमा फसेका दुई जनाको उद्धार

बुटवल,साउन ९ । बुटवलको तिनाउ र दानव नदीमा फसेका दुईजनाको उद्धार गरिएको छ।

बुटवल मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मीनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल १४ कैलाशनगरका जनक घर्तीको नगर प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो।

तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने उदेश्य वा खोला हेर्ने उद्देश्यले नजान सबैमा अनुरोध गरेको बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बताए।

उनले नदीकिनारमा विपदको टोली र नगरप्रहरी खटाएर सावधानी अपनाइएको बताए।

नदी किनार क्षेत्रमा नगर प्रहरीले माइकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको छ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *