२०८१ बैशाख ७ गते शुक्रवार

आठौ राष्ट्रिय खेलकुद : एथ्लेटिक्समा आर्मीलाई एकै दिन ५ स्वर्ण

फाइल तस्बिर

लक्ष्मण बस्नेत,
दाङ, बैशाख ६ । दाङको बेलझुण्डीमा जारी आठौं राष्ट्रिय खेलकूद अन्तर्गत शुक्रबार एथ्लेटिक्समा नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । ज्याभ्लिन थ्रोमा नेपाल पुलिसकी चन्द्रकाल लामगादेले कीर्तिमान कायम गरेकी छिन् । यसअघि विहीबार उनले सटपुटमा आफ्नै कीर्तिमान सुधार गरेकी थिइन् ।

शुक्रबार उनले ४४ दशमलब ०५ मिटरको नयाँ कीर्तिमान बनाउन सफल भइन् । यसअघि उनको ४३दशमलब ९४ मिटरको कीर्तिमान थियो ।

यसैगरी त्रिभुवन आर्मीकी लक्ष्मी थारुले ४१ दशमलब २६ मिटरका साथ रजत पदक जित्दा आर्मीकै सिमाकुमारी थारु ३८ दशमलब ३० मिटरका साथ कास्य पदक जितिन् ।

पुरुष तफको ज्याभ्लिन थ्रोमा आर्मीका रोहित चौधरी ५६ दशमलब ५८ मिटरका साथ स्वर्ण पदक जिते । एपीएफका मनोज डगौरा ५३ दशमलब ३८ मिटर थ्रो गर्दै रजत पदक जित्दा पुलिसका विरेन्द्र चौधरीले ५२ दशमलब ५३ मिटरका साथ कास्य पदक जिते ।

बेलझुण्डी रंगशालामा नै शुक्रबार भएको लङजम्प पुरुषमा आर्मीका डिल्ली खत्रीले स्वर्ण पदक जिते । उनले ६ दशमल ९६ मिटर छलाङ मारे । प्रदेश तीनका भुवन महतो ६ दशमलब मिटरका रजत पदक हात पारे ।

६ दशलम ३६ मिटर छलाङ मारेका नेपाल पुलिसका गोपाल चौधरीले कास्य पदक जिते ।
लङजम्प महिला तर्फको स्पर्धामा आर्मीका कृष्णा चौधरीले स्वर्ण पदक जितिन् । कृष्णाले ५ दशमलब २१ मिटर छलाङ मारिन ।

एपीएफकी शिला चौधरीले ५ दशमलब १४ मिटरका साथ रजत पदक जित्दा, प्रदेश नम्बर ५ की जयरानी चौधरीले ५ दशमल ११ मिटरका साथ कास्य पदक जित्न सफल भइन् ।

१५ सय मिटर दौडमा आर्मीका टंक कार्कीले स्वर्ण पदक जिते । उनले ४ मिनेट ०१दशमलब ९ सेकेण्डको टाइम निकालेका थिए ।

आर्मी कै उमेश मस्र्याङ्दी मगरले ४ मिनेट ०३ दशमलब १ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफका सन्तोष विष्टले कास्य पदक जिते । विष्टले ४ मिनेट ०८ दशमलब २ सेकेण्डको समय निकालेका थिए ।

महिला १५ सय मिटर दौडमा आर्मीकी सरस्वती भट्टराईले स्वर्ण पदक जितेकी छिन् । ४ मिनेट ३६ दशमललब ० सेकेण्डका साथ स्वर्ण पदक जितेका हुन् ।

प्रदेश नम्बर तीन की सन्तोषी श्रेष्ठले ४ मिनेट ३६ दशमलब ७ सेकेण्डका साथ रजत पदक जित्दा एपीएफकी फुलमती रानाले ४ मिनेट ४८ दशमलब ५ सेकेण्डका साथ कास्य पदक हात पारिन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *