२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा सिँचाइ र जङ्गली पशुपक्षीका लागि ६ वटा पोखरी निर्माण

तुलसीपुर,साउन ८ । किसानलाई सिँचाइ सुविधा दिन तथा जङ्गली पशुपक्षीलाई पिउने पानीको सहज उपलब्धताका लागि दाङमा पछिल्लो एक वर्षमा ६ वटा पोखरी निर्माण गरिएको छ ।

डिभिजन वन कार्यालयको ‘एक वडा एक पोखरी’कार्यक्रममार्फत् गएको आर्थिक वर्ष २०७९/०८० मा थप ६ वटा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र दङ्गीशरण गाउँपालिकामा ६ वटा पोखरी निर्माण गरिएको कार्यालयले जनाएको छ ।

सामुदायिक वन समूहको समेत सहभागितामा पोखरी निर्माण गरिएको डिभिजन वन कार्यालय दाङका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिए ।

पोखरी निर्माण भएपछि पानीको मुहान संरक्षण भइ पानीको श्रोत बढेको र वर्षातको पानी पनि सङ्कलन हुँदा स्थानीयलाई सजिलो भएको कार्यालयले जनाएको छ ।

स्थानीय नागरिकको सहभागितामा पोखरी निर्माण गरिएकाले धेरै लगानी नलागेको केसीले जानकारी दिए ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *