२०८२ माघ ३ गते शनिवार

चारलेन सडक मर्मतको काम सुरु

तुलसीपुर ,साउन ८ । तुलसीपुर सडक खण्डकाे चारलेन सडक मर्मतको काम सुरु भएको छ ।

पहिलाे चरणमा आइतबारदेखी बबई नदि देखि हापुरखाेला सम्मकाे करिव १५ किलोमिटर सडककाे बेस फिलिङकाे काम कटुवाखाेला देखि सुरु भएकाे हाे ।

अबकाे केहि दिनमा हापुरखाेला देखि तुलसीपुरसम्मकाे करिव १४ किलोमिटर सडककाे काम पनि सुरु हुदैछ ।

बर्षाले साथ दिएमा यआगामी असाेज मसान्तसम्म काम सक्ने गरि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले निर्माण कम्पनी र सडक डिभिजन कार्यालयलाई निर्देशन दिएकी छन्।

चार लेन ठेक्का ताेडिएसंगै मर्मतकाे काम अघि बढेकाे हाे । मर्मतकालागि ३ कराेड बजेट बिनियाेजन गरिएकाे थियाे। चारलेनमा हाल खाल्डा खुल्डी हुँदा आवत जावतमा समस्या भएकाे छ ।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *