२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा बेवारीसे अवस्थामा चितुवाको छाला फेला

तुलसीपुर,साउन ८ । दाङमा बेवारीसे अवस्थामा चितुवाको छाला फेला पारेको छ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख नवीन वलीको नेतृत्वमा खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका- ५ जमुनिवासको जंगलमा बेवारीसे अवस्थामा चितुवाको छाला बरामद गरेको हो।

हरियो रंगको प्लास्टिकको झोला बेवारीसे अवस्थामा प्रहरीले बरामद गरेको थियो। झोला जाँच गर्ने क्रममा चितुवाको छाला फेला परेको प्रहरी प्रमुख वलीले बताइन्।

पुच्छरदेखि टाउको सम्म ७ फिट ४ इच्छको छाला बरामद गरिएको हो। बरामद गरिएको छाला निकासीको लागि त्यहाँ राखिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।

छाला ओसारपसारमा संलग्नहरूको पहिचान नभए पनि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

साउन ५ गते प्रहरीले छाला बरामद गरेको थियो।

प्रकाशित मिति : २०८० साउन ८ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *