२०८१ जेष्ठ ५ गते शनिवार

बोट बिरुवा जोगाउन भन्दै बन्द गरियो कमल पोखरीको प्रबेशद्धार

तुलसीपुर , साउन ७ । बोट विरुवा जोगाउन भन्दै रजौरास्थित कमल पोखरीको प्रबेश द्धार बन्द गरिएको छ ।

आइतबार बाँसका सेटा मार्फत बनाइएको अबरोधहरु राखेर कमल पोखरीको प्रबेश द्धार बन्द गरिएको हो ।
पोखरी परिशर भित्र बिभिन्न बोट विरुवा रोपिएको हुँदा ती जोगाउन प्रबेश द्धार बन्द गरिएको सरोकारवालाहरुले बताएका छन् ।

कमल पोखरी संरक्षण समितिका अध्यक्ष दीपक न्यौपानेले बस्तु चौपाया भित्र प्रबेश गरि रोपिएका बोट विरुवा खाइ दिन सक्ने संभावनालाई मध्यनजर गर्दै युएसएआइडीको कार्यक्रम तयार नेपालले प्रबेश द्धार बन्द गरेको जानकारी दिए ।


तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ का वडाध्यक्ष दुजमान भण्डारी र तयार नेपालका फिल्ड संयोजक श्रमलाल चौधरीले भने त्यसबारे अनभिज्ञता प्रकट गरेका थिए ।


करोड बढी लगानी गरि कमल पोखरीलाई क्रंकिट बनाइएपछि साउन महिनामा समेत तालमा एक थोपा पानी छैन । जस कारण तालको अस्तित्व संकटमा पार्न खोजीएको भन्दै आलोचना भइरहेको छ ।

यो पनि हेर्नुहोस :- कमल पोखरीमा डेढ करोड लगानी, तर छैन एक थोपा पानी

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *