२०८२ माघ १ गते बिहिवार

भीरबाट खसेको ढुंगा लागेर एकजनाको मृत्यु

हुम्ला,साउन ७ । हुम्लामा भीरबाट खसेको ढुंगाले लागेर एक जनाको मृत्यु भएको छ।

सिमकोट गाउँपालिका–७ को चौगानफयाबाट च्याछरा जाँदै गरेका अन्दाजी ३५ वर्षीय बागमल शाहीको आइतबार भीरबाट खसेको ढुंगा लागेर मृत्यु भएको हुम्लाका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए।

ढुंगा लाग्दा शाहीको घटनास्थलमै मृत्यु भएको थियो। उनी आफ्ना दाइ राजेन्द्र शाहीसँगै हिँडिरहेका बेला च्याछरामा माथिबाट खसेको ढुंगाले लागेको थियो।

प्रहरी निरीक्षक राजन भट्टराईको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ लागेको प्रहरीले जनाएको छ।

हिल्सा नाका सञ्चालनमा आएसँगै हुम्लाबासी कामको लागि दैनिक चीनको ताक्लाकोट जाने गरेका छन्। बाटो निकै भिरालो रहेको छ। यो क्षेत्रमा केहीदिनअघि बोलेरो जीप खस्दा चालकको मृत्यु भएको थियो।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *