२०८२ माघ ३ गते शनिवार

ललिता निवास प्रकरण – थप एक जना पक्राउ

काठमाडौं ,साउन ७ । काठमाडौंको बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले आइतबार थप एक जनालाई पक्राउ गरेको एसएसपी दिनेश आचार्यले जानकारी दिए।

पक्राउ पर्नेमा तत्कालीन नापीका कर्मचारी अरूणकुमार श्रेष्ठ छन्। उनलाई प्रहरीले जोरपाटीस्थित घरबाट पक्राउ गरेको हो।

एसएसपी आचार्यका अनुसार सरकारी जग्गा व्यक्तिको नाममा गर्नमा उनले पनि भूमिका खेलेका थिए।

योसँगै यस प्रकरणमा पक्राउ परेका १९ जना सिआइबीको हिरासतमा छन्।

प्रकाशित मिति : २०८० साउन ७ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *