२०८१ भाद्र २५ गते मङ्गलवार

निरु थापाको ह्याट्रिकमा पुलिसको दोस्रो जित


लिलाधर वली
दाङ, ६ बैशाख ६ ।
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल प्रहरीको महिला फुटबल टिमले सहज जित निकालेको छ । घोराहीको भरतपुर खेल मैदानमा भएको खेलमा प्रदेश नम्बर ५ को महिला फुटबल टिमलाई ० का विरुद्ध ६ गोल गर्दै नेपाल पुलिस क्वलको महिला टिमले प्रतियोगितामा दोस्रो जित निकालेको हो । नेपाल पुलिस क्लवको लागि फरवार्ड निरु थापाले खेलमा ह्याट्रिक गरेकी थिइन् । खेलको सुरुदेखि नै दवाव सिर्जना गरेको प्रहरी क्लकको जितका लागि जर्सी नं. १४ की खेलाडी निरु थापाले नवौं मिनेटमा पहिलो गोल गर्दै अग्रता दिलाएकी थिइन् । राष्ट्रिय महिला फुटबल टिमकी खेलाडी समेत रहेकी थापाको गोलसँगै अग्रता लिएको खेलमा प्रहरीको लागि २४औँ मिनेटमा जर्सी नं. ७ की निर्मला विकले दोस्रो गोल गरिन् । दोस्रो हाफको १३औँ मिनेटमा फेरि निरु थापाले दोस्रो र ३८औँ मिनेटमा तेस्रो गोल गर्दै ह्याट्रिक गरेकी हुन् । पुलिसको जितका लागि २८औँ मिनेट र ३०औँ मिनेटमा जर्सी नं. ५ की खेलाडी अमृता जैशीले २ गोल गरेकी थिइन् । शुक्रबारको खेलमा प्रदेश नं. ५ को महिला फुटबल टिमका खेलाडी सोचे अनुरुप खेल्न नसक्दा दोस्रो खेलमा पनि पराजय व्यहोरेका छन् । यसअघि प्रदेश नं. ५ टिमले बिहीबारको पहिलो खेलमा प्रदेश नं. २ को टिमसँग हार व्यहोरेको थियो । यसैबीच शुक्रबार नै दोस्रो खेल प्रदेश नं. २ र प्रदेश नं. ३ का बीचमा तुलसीपुरस्थित बेलझुण्डीमा रंगशालामा ४ बजेपछि सुरु हुँदैछ । ११ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश र ३ विभागीय टोली गरी दशवटा महिला फुटबल टिमको सहभागिता रहेको छ । प्रतियोगिताअन्तर्गत हाल दाङ र कपिलवस्तुमा लिग चरणका खेलहरु भइरहेका छन् ।

प्रकाशित मिति : २०७६ बैशाख ६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *