२०८२ माघ १० गते शनिवार

४१ औं विपि स्मृति दिवसमा बृक्षारोपण

दाङ,साउन ६ । नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिले बृक्षारोपण कार्यक्रमको आयोजना गरी नेपाली राजनितिका सिद्धहस्त युगपुरुष महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गरेको छ ।

नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस दाङले धार्मिक एवं पर्यटकिय स्थल ज्यामिरे दह र घोराही उपमहानगरपालिका—१३ को वडा कार्यालय परीषरमा बृक्षारोपण गरी स्वर्गिय महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गरेको हो ।

बृक्षारोपण कार्यक्रमपछि आयोजित स्मृतिसभा कार्यक्रममा बोल्ने कांग्रेस अग्रज नेताहरुले महामानव विश्वेश्वर प्रसाद कोइरालाको राजनितिक योगदान र साहित्यिक लगावका विषयमा चर्चा गरेका थिए ।

नेपाली कांग्रेसका जिल्ला सभापति शंकर प्रसाद डागिको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाली कांग्रेस लुम्विनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेले विपिको विचारलाइ आत्मसात गर्न नसक्दा कांग्रेस विग्रिएको र कांग्रेस विग्रिएकै कारण अरुहरुले ठाउ पाएको अभिव्यक्ति दिए ।

बृक्षारोपण पछि आयोजित स्मृतिसभामा बोल्दै नेता पाण्डेले दलिय भागवण्डाका कारण कांग्रेस आधा मात्र भएकाले कांग्रेस पुर्ण हुनकालागी भागवण्डाको अन्त हुनुपर्ने विश्वास व्यक्त गरे । उनले विपिले भनेजस्तै असल मान्छे बन्न पनि सवै नेता कार्यकर्ताहरुलाइ सुझाव दिए ।

कार्यक्रममा नेपाली कांग्रेस दाङका पुर्व सभापति विरकेशरी गौतम, नेपाली कांग्रेस दाङका निवर्तमान सभापति किर्ति वहादुर खड्का, कांग्रेस नेता तथा लुम्विनी प्रदेशका पुर्व प्रदेशसभा सदस्य शंकर गिरीले विपिको राजनितिक तथा साहित्यीक योगदानको चर्चा गरेका थिए ।

नेपाली कांग्रेसका उपसभापति गिरीराज सुवेदीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा पुर्वसभापति मोहनलाल वली, नेपाली कांग्रेस महासमिति सदस्य भुप वहादुर डांगी, नेपाल दलित संघका लुम्विनी प्रदेश संयोजक जोगेन्द्र विश्वकर्मा, नेपाली कांग्रेस क्षेत्र नंवर २ का सभापति भिमप्रकाश खड्का, क्षेत्र नंवर ३ क का सभापति देवेन्द्र रिजाल, ३ ख का सभापति खिम वहादुर वली, महिला नेतृ पुष्पा श्रेष्ठ, नेविसंघका जिल्ला अध्यक्ष कुलराज पोख्रेल, शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डांगी, तरुण दलका केन्द्रिय सदस्य टोप वहादुर बुढाथोकि तरुण दलका केन्द्रिय सदस्य श्रीधर शर्मा, नेपाली कांग्रेस घोराही—१३ का वडासभापति गोपाल गिरी, विपि विचार समाजका रमेश कुमार पाण्डे लगायतले महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गर्दै उनले देखाएको बाटोमा हिड्न कांग्रेस नेतृत्वलाइ आग्रह गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन अर्का जिल्ला उपसभापति कमानसिह भारतीले गरेका थिए ।

कार्यक्रमलाइ सम्वोधन गर्दै नेपाली कांग्रेस दाङका अध्यक्ष शंकर प्रसाद डांगिले यो दिनलाइ नेपाली कांग्रेसको ऐतिहासीक पर्वका रुपमा लिन आह्वान गर्दे महामानव विश्वेश्वर प्रसाद कोइरालाको आदर्श र सिद्धान्तलाइ आत्मसात गरी अघि बढ्न आम जिल्ला कार्यसमितिका पदाधिकारी, भ्रात्रिसंस्थाका पदाधिकारी, सुवेच्छिुक तथा शुभचिन्तक संस्थाका पदाधिकारीहरुलाइ आग्रह गरेका थिए । कार्यक्रमको सहजीकरण सचिव वालिका लम्सालले गरेकि थिइन् ।

यसैबीच विपि कोइरालाको एक्चालिसौं स्मृतिको अवसर पारेर नेपाली कांग्रेस दाङले घोराही उपमहानगरपालिकाको वडा नंवर १३ स्थीत ज्यामिरे दहमा कम्तिमा एक सय विभिन्न प्रजातिका विरुवा रोपेको छ ।

त्यसैगरी शनीवारै नेपाली कांग्रेस दाङले ज्यामिरे सामुदायिक वन र घोराही उपमहानगरपालिका—१३ को प्रांगणमा पनि सय बढि विरुवा रोपिएको नेपाली कांग्रेसका जिल्ला सचिव अर्जुन कुमार योगीले बताए ।

रोपिएका विरुवा हुर्काउने पनि आफ्नो दायित्व भएको भन्दै नेपाली कांग्रेस दाङले आगामि भदौ २३ गते विपि जयन्तीको अवसर पारेर शनीवार रोपिएका विरुवा गोडमेल गर्ने र मलजल गर्ने कार्यक्रम समेत तय गर्ने बताइएको छ ।

यद्धपि त्यसको आधिकारीक निर्णय भने भै नसकेको कांग्रेस सचिव योगिले बताएका छन् ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *