२०८२ माघ ४ गते आइतवार

पौडी खेल्ने क्रममा डुबेर ६ वर्षिय बालकको मृत्यु


तुलसीपुर,साउन ६ । तुलसीपुरमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ का ६ वर्षिय बालक निर्माण बुढाको मृत्यु भएको हो ।

साथीसंगै शनिबार दिउँसो पौडी खेल्न गएका बालकको पानीमा डुबेर मृत्यु भएको वडा अध्यक्ष रामबहादुर जिसीले जानकारी दिए ।

पानीमा डुबेर घाइते बालकलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

तुलसीपुर–६ ज्ञानज्योति टोलमा डेरामा बस्दै आएका बालक दिउँसो ग्वारखोला बाँधमा पौडी खेल्न गएका हुन् ।

पानीमा डुबेर अर्का बालक भने घाइते भएका छन ।
घाइते बालकलाई राप्ती प्रादेशिक अस्पतालमा लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *