२०८२ पुष ३० गते बुधवार

काँग्रेस शान्तिनगरद्वारा वृक्षारोपण


तुलसीपुर, साउन ६ । नेपाली काँग्रेस शान्तिनगर गाउँपालिकाले वृक्षारोपन गरेको छ ।

युगपुरुष महामानव विश्वेश्वर प्रसाद कोइरालाको ४१औं स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस शान्ति गाउँपालिकाले शान्तिनगर गाविसको वडा नं. ५ बैसामा बृक्षारोपन गरेको हो ।

नेपाली काँग्रेस शान्तिनगर गाउँपालिकालले बृक्षारोपण गरी स्वर्गिय महामानव विश्वेश्वर प्रसाद कोइरालाको स्मरण गरेको हो ।

नेपाली काँग्रेस शान्तिनगर गाउँपालिका सभापति झलक केसीको अध्यक्षता तथा नेपाली काँग्रेस दाङका सहसचिव सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यता तथा पूर्व सहसचिव सुरेन्द्रबहादुर खड्काको विशिष्टि आतिथ्यमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि डाँगीले कोइरालाको राजनितिक योगदान र साहित्यिक क्षेत्रको बारेमा चर्चा गरेका थिए ।

उनले विपिको विचारलाइ आत्मसात गर्नु पर्ने भन्दै काँग्रेसले वीपीको सिद्धान्त र आदर्श भुल्न थालेको होकी भन्ने आसंका बढेको बताए ।

सो अवसरमा २ सय ५० बढी विरुवाहरु रोपीएको थियो । टिक, कपुर, लम्कीलगायतका विरुवाहरु रोपीएको थियो ।

कार्यक्रममा वडा नं. ५ का अध्यक्ष ओपेन्द्र रावत, पूर्व वडाध्यक्ष रवि वुढाथोकी, काँग्रेस नेतृ पार्वती पुन, विजय केसीलगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सहजिकरण सचिव दिपक लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २०८० साउन ६ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *