२०८२ माघ ३ गते शनिवार

प्रेस युनियनको केन्द्रिय सदस्यमा देवेन्द्र बस्नेत मनोनित

दाङ, साउन ५। नेपाल प्रेस युनियनको केन्द्रिय सदस्यमा देवेन्द्र बस्नेत मनोनित भएका छन् ।

नेपाल प्रेस युनियनको विधान(२०४८ -छैठौ संशोधन-२०७८)को धारा २९को उपधारा ‘झ’ बमोजिम प्रेस युनियनका अध्यक्ष शिव लम्सालले बस्नेतलाई बिहीबार युनियनको केन्द्रिय सदस्यीयमा मनोनित गरेका छन् । बस्नेत प्रेस युनियन दाङका पूर्व सचिव हुन ।

युनियनका अध्यक्ष लम्सालले बस्नेतसंगै पत्रकारहरू लोकराज अवस्थी (बझाङ ), बिमल ज्ञवाली (रूपन्देही) र रेखा भुसाल (रूपन्देही) लाई केन्द्रीय सदस्य पदमा मनोनयन गरेको नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *