२०८१ बैशाख २३ गते आइतवार

प्रेस युनियन अर्घाखाँची शाखाको अध्यक्षमा लक्ष्मण घिमिरे

अर्घाखाँची ,साउन ४ । नेपाल प्रेस युनियन अर्घाखाँचीको अध्यक्षमा लक्ष्मण घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

लोकतान्त्रिवादी पत्रकारहरु संगठन नेपाल प्रेस युनियन जिल्ला शाखा अर्घाखाँचीको साउन ३ र ४ गते सम्पन्न १३ औं साधारणसभा तथा ८औं अधिवेशनबाट घिमिरेको नेतृत्वमा १८ सदस्यीय जिल्ला समिती सर्वसम्मत गठन गरेको हो ।

अधिवेसनबाट उपाध्यक्षमा सरिता न्यौपाने भुसाल र अम्बिका बेल्बासे श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सचिवमा विष्णु खनाल, कोषाध्यक्षमा सागर महत, सहकोषाध्यक्ष तथा प्रबक्तामा बिक्रम पाण्डे, सह–सचिवमा हलिम खान, भावना मगर निर्वाचित भएको निर्वाचन अधिकृत नन्दराम भट्टराईले जानकारी दिए ।

त्यस्तै सदस्यहरुमा विष्णुभक्त पोखरेल, कुलराज खनाल, कमला घिमिरे, सन्तोष केसी, सुजन न्यौपाने, ईन्द्रलाल रेग्मी, केशव ज्ञवाली, रेखा बिक, प्रतिमा पाण्डे र कृष्ण परियार निर्वाचित भएका छन् ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *