२०८२ माघ १० गते शनिवार

पर्यटकीय स्थल पुरन्धरा झरनामा बञ्जी तथा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययन

तुलसीपुर, साउन ४। दाङको पुरन्धारा झरनामा बञ्जीजम्प र क्यानोयिङको सम्भाव्यता अध्ययन गरिने भएका छन् ।

त्यसका लागि लुम्बिनी प्रदेश सरकारले २० लाख रुपैँया छुट्याएको छ । दाङको पर्यटकीय स्थलका रुपमा रहेको उक्त झरनामा प्याराग्लाईडिङको सम्भाव्यता अध्ययनका लागि ३० लाख र बबई–पुरन्धारा र्‍याफ्टिङ उपकरण खरिद तथा सञ्चालनकालागि २० लाख बजेट बिनियोजन गरिएको छ ।

लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबादुर मास्कीका अनुसार आर्थिक बर्ष २०८०र०८१ कालाग पर्यटकीय क्षेत्रको विकास गर्नका लागि उक्त बजेट छुट्याईएको हो ।

त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ स्थित थारु राजा दंगीशरणले राज गरेको स्थानमा गुरुयोजना अनुसारको पूर्वाधार निर्माणका लागि प्रदेश सरकारले ५० लाख बजेट छुट्याएको छ ।

त्यस्तै कमलपोखरी ताल संरक्षण तथा पूर्वाधार निर्माणकालागि १५ लाख, घोराहीको बाह्रकुने दह क्षेत्रको गुरुयोजना अनुसार बहुउद्देश्यीय पार्क निर्माणकालागि ५० लाख, राप्ती शान्ति उद्यान पूर्वाधार निर्माणकालागि २५ लाख, त्रिसिद्देश्वरी मन्दिरको पूर्वाधार निर्माणकालागि ५० लाख, पाण्डवेश्वर महादेव मन्दिर धार्मिक पर्यटकीय पूर्वाधार निर्माणकालागि ३० लाख बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै बबई गाउँपालिकामा मगर संग्रहालय निर्माणकालागि १ करोड बजेट बिनियोजन गरिएको छ ।

त्यस्तै चखौरामा थारु संग्रहालय निर्माणका लागि एक करोड ३० लाख बजेट बिनियोजन गरिएको छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *