२०८१ बैशाख २३ गते आइतवार

दाङका सबै बसपार्कमा यात्रुका लागि निशुल्क खानेपानी

तुलसीपुर,साउन ४ । त्रिशिद्देश्वरी राप्ती यातायात प्रा.लिले यात्रुहरुको सुविधाका लागि दाङका सबै बसपार्कहरुमा निशुल्क खानेपानीको व्यवस्था गरेको छ ।

गर्मि मौसम बढ्दै गैरहेको सन्दर्भमा सबै यात्रु र सर्वसाधारणको सुबिधाका लागि ‘अक्वागार्ड सहितको शुद्ध खानेपानीको व्यवस्थापन गरेको प्रालिका प्रबन्धक पुस्कर धितालले जानकारी दिए ।

प्रा.लिले तुलसीपुर,घोराहीको, लमही र भालुवाङका बसपार्कहरुमा शुद्ध खानेपानीको व्यवस्थापन गरेपछि यात्रुहरु खुसी भएका छन् ।

‘हामीले ३० रुपैँयामा पानी किनेर खानुपर्ने बाध्यता थियो तर त्रिसिद्देश्वरी यातायातले निशुल्क खानेपानीको व्यवस्था गरि दिएपछि पैसा पनि बचत भएको छ,बिहिबार तुलसीपुर बसपार्कमा पानी पिउदै गरेका एकजना यात्रु बसन्त भण्डारीले भने।’उनले निशुल्क पानिको ब्यबस्थापन गरिदिने सस्थाहरु धन्यवाद समेत दिएका थिए ।


तुलसीपुरको बसपार्कमा तुलसीपुर खमनेपानि तथा सरसफाइ सस्थाका अध्यक्ष यमकान्त भण्डारी र प्रालिका प्रबन्ध पुस्कर धितालले सयुंक्त रुपमा खानेपानीको उदघाटन गरेका थिए ।

सो अबसरमा अध्यक्ष भण्डारीले प्रालिको आग्रहमा निशुल्क धारा जडान गरिदिएको जानकारी दिए । उनले भबिष्यमा बिपि चौक आसपासमा पनि निशुल्क पिउने पानीको ब्यबस्थापन गरिने जानकारी दिए ।


अध्यक्ष भण्डारीले आफुहरु सस्थामा निर्बाचित भएर आएदेखि नै यस क्षेत्रमा खानेपानिको सुधार,मर्मत व्यवस्थापनमा लागिरहेको बताए । सह–लगानीमा बबई लिफ्टिङ्को काम अगाडि बढिसकेको भन्दै यो अभियानमा सबैको सकारात्मक सहयोग आबश्यक रहेको अध्यक्ष भण्डारीले बताए ।


सो अबसरमा प्रालिका प्रशासनिक सचिब प्रकाश भट्टले दाङका सबै बसपार्कमा यात्रुरुको सुबिधाका लागि पिउने पानीको ब्यबस्था मिलाएको बताए । ‘सबैभन्दा ठुलो धर्म भनेको पानी खुवाउनु हो,त्यहि भएर त्रिशिद्देश्वरि राप्ती यातायात प्रालिले यो अभयान सुरु गरेको हो,’उनले भने ।’

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *