२०८२ पुष ३० गते बुधवार

बरामद सय केजी सुन राष्ट्र बैंकबाट विमानस्थल भन्सारमै फर्काइयो

काठमाडौं ,साउन ४ । हङकङ हुँदै काठमाडौंमा ल्याइसकेपछि बुधबार त्रिभुवन विमानस्थल परिसरबाट बरामद करिब एक सय केजी सुन नेपाल राष्ट्र बैंकबाट फर्काइएको छ।

बुधबार विमानस्थल भन्सार जाँचपास भएर ट्याक्सीमा लाँदै गरेको अवस्थामा बरमाद गरिसकेपछि राजस्व अनुसन्धान विभागले गुणस्तर जाँच र तौलका लागि बालुवाटारस्थित नेपाल राष्ट्र बैंकबाट पठाएको थियो।

तर राष्ट्र बैंकले उक्त सुनलाई फेरि त्रिभुवन विमानस्थल भन्सार कार्यालयमै फर्काइएको हो।

‘त्यहीँबाट उक्त सुन पास भएको हो। अब त्रिभुवन विमानस्थल भन्सारमै लगेर जोख्ने गरी फर्काइएको छ’, एक अधिकारीले भने,‘विमानस्थल भन्सारमा जोखिसकेपछि सुनको गुणस्तर जाँच गर्न फेरि राष्ट्र बैंक ल्याउने तयारी छ।’

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *