काठमाडौँ ,साउन ४ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बरामद गरिएको झण्डै सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ।
विभागले बिहीबार बिहानै अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो।
समितिलाई विमानस्थलको भन्सार जाँचपास गर्न संलग्नहरुमाथि छानबिन गर्ने कार्यादेश दिइएको विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले जानकारी दिए।
विभागले भन्सार जाँचपासमा संलग्न कर्मचारीलाई निलम्बन गरेर अनुसन्धानलाई थप सहज बनाउने तयारी गरेको छ।
सुन तस्करीमा संलग्न ६ जना पक्राग गरेको छ।
प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार