२०८२ माघ ३ गते शनिवार

चरकमटिया माविका प्रधानाध्यापक केसी सुतिरहेको अवस्थामा मृत अवस्थामा फेला

तुलसीपुर,साउन ४ । दाङमा सुतिरहेको अवस्थामा प्रधानाध्यापकको मृत्यु भएको छ ।

बबई गाउँपालिका ७ स्थित चरकमटियामा रहेको सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक ३७ वर्षीय ललित केसी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजन कुमार गौतमले जानकारी दिए ।

रोल्पाको गंगादेव गाउँपालिका १ घर भइ हाल बबई गाउँपालिका ७ मा डेरा गरि बस्दै आएका प्रधानध्यापक केसी बुधबार बिहान सुतिरहेको कोठामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

उनी सुगर र प्रेसरको बिरामी थिए । प्रेसरका कारण उनको मृत्यु भएको हुन सक्ने प्रहरीको भनाइ छ । प्रधानाध्यापक केसी २०७२ सालदेखि सरस्वती माध्यामिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए ।

उनको शव राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा पोष्ट मार्टम भएपछि आफन्तीको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *