२०८२ माघ १ गते बिहिवार

ट्रकले च्यापेका चालकको चार घन्टापछि उद्धार

दाङ, असार ३ । ट्रकले च्यापेका चालकको झन्डै चार घन्टा पछि उद्धार भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ शिवखोला पुलबाट लु १ ख ४६०९ ट्रक खस्दा रुपेन्देहीका ३७ बर्षीय चालक वशन्त लोहनिया त्यसले च्यापिएका थिए ।

इलाका प्रहरी कार्यालय अमेलियका अनुसार ट्रकले च्यापेका चालकको चार घन्टाको प्रयास पछि बिहान ९ बजेतिर बल्ल उद्धार गरिएको हो । उद्धार पछि लोहनियालाई बाँकेस्थित मेडिकल कलेजमा लगेर उपचार भइ रहेको प्रहरीले जानकारी दिएको छ ।

उनको छाति र खुट्टा ट्रकले च्यापेको थियो । ट्रकको केही भाग काटेर चालकको उद्धार गरिएको प्रहरीले बताएको छ ।
भैरहवादेखि रासायनिक मल लिएर नेपालगंज तर्फ जाँदै गरेको उक्त ट्रक बिहान ४ ः ५० मा दुर्घटनामा परेको थियो ।
ट्रकमा चालक र सहचालक मात्रै सवार थिए ।
सहचालकको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *