दाङ, साउन ३ । लुम्बिनी प्रदेशका पुर्व मन्त्री बिजयबहादुर यादवले वन रक्षक बनाइदिने भन्दै चार लाख रुपैंया घुस मागेको दाङका एक युवाले आरोप लगाएका छन् ।
जनता समाजबादी पार्टीको तर्फबाट २०७८ बैशाख ८ गते भूमि ब्यबस्था कृषि तथा सहकारी मन्त्री बनेका बाँकेका यादवले वन रक्षक वनाइ दिने आश्वासन दिएर आँफुसंग पटक ÷ पटक गरि चार लाख लगेको दाबी दंगीशरण गाउँपालिका वडा नं. ४ मौलीका ३७ बर्षीय हेतराम चौधरीले गरेका छन् ।
भाइ २५ बर्षीय कृष्ण चौधरीलाई वन रक्षक वनाइदिने आश्वासन दिएर मन्त्री यादवले पदको दुरुपयोग गर्दै आँफुसंग पटक÷ पटक गरि चार लाख बढी रकम नगद बुझेको हेतरामले आरोप लगाए ।
हेतरामले मन्त्री यादवको खातामा पटक ÷ पटक गरि साढे दुईलाख बढी रकम पठाएको भौचरपनि देखाएका थिए । थप डेढ लाख भने बुटवलस्थित मन्त्री निवासमै बुझाएको हेतरामले दाबी गरे ।
लुम्बिनीका संस्थागत मुख्यमन्त्री शंकर पोखरेलको अन्तिम कार्यालतिर जसपाबाट यादव मन्त्री बनेको समयमा प्रदेश लोकसेवा आयोग,लुम्बिनी प्रदेशले १०६ जना वन रक्षकको विज्ञापन २०७८ साउन २५ गते गोरखापत्र दैनिक तथा आयोगको वेबसाइड खोलिएको थियो ।
लोक सेवा आयोग लुम्बिनी प्रदेश निजामती सेवा अन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरिएको थियो ।
जसमा खुल्ला तर्फ ५८, महिला १६, आदिवासी जनजाति १४, मधेसी ११, दलित ४, अपाङ्ग २ र पिछडिएको क्षेत्र २ गरी एक सय ६ जना माग गरिएको थियो । सूचना नम्बर ०१÷२०७८÷०७९ आह्वान गरिएको बिज्ञापनमा प्रदेश सरकार मन्त्री परिषदको चलानी नम्बर २१४३ मार्फत २०७८ बैशाख ३१ गतेको पत्र अनुसार वन रक्षकमा आवेदन माग गरिएको थियो ।
त्यसका लागि दरखास्त दिने अन्तिम असोज १७ गतेसम्म थियो भने दोब्बर दस्तुर तिरेर असोज २४ गतेसम्म दरखास्त दिने ब्यबस्था मिलाइएको थियो । कक्षा ८ उत्तिर्ण १८ बर्षदेखि ३५ बर्षसम्मका पुरुष र महिलाका हकका ४० बर्षसम्मकाले दरखास्त दिने पाउने ब्यबस्था थियो ।
वन रक्षकको परीक्षा असोज १९ गते बुटवलमा गराइएको थियो । परीक्षामा शारिरीक परिक्षण, लिखित र अन्तरवार्तासमेत लिइएको थियो ।
भाइ कृष्णको परीक्षा हुँदा दाजु हेतरामपनि संगै बुटवल गएका थिए । पौडे खेल्ने, रुख चढ्ने र दौड जस्ता शारिरीक परीक्षामा कृष्ण उत्तिर्ण हुन सकेनन् ।
भाइ कृष्ण उत्तिर्ण भएको र वन रक्षक भएको हेर्ने अभिलाशासहित पुगेका दाजु हेतराम निराश हुँदै घर फर्किने तरखर गर्दै थिए । भाइ सरकारी जागिरमा अफल हुन नसके पछि दुःखी वनेका हेतरामलाई देखेर बुटवलमै भेटिएका दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ दुधरासका सोम जनैदारले आशाको त्यान्द्रो देखाइदिए ।
आँफुले मन्त्रीलाई चिनेको र उनलाई भनसुन गरि भाइ कृष्णको नाम बैकल्पिकमा निकालिदिने कुरा जनैदारले हेतरामलाई गरे ।
उनै जनैदारले दिउँसो २ बजेतिर मन्त्रीलाई क्वाटरमै भेटाउन लगे । ‘ म भाइलाइ वन रक्षक वनाइदिन्छु तर अलिकती खर्च चाहिन्छ सबैलाई मिलाउनु पर्छ मन्त्री यादवले यही भन्नु भएको हो,’ हेतरामले भने ‘ त्यसपछि म तत्कालै बुटवलमै बस्दै आएका साढु दाइ जनक सुनारलाई भनेर डेढ लाख नगद ऋण मागेर त्यो लगी मन्त्री यादवको हातमै बुझाएको हुँ ।’
त्यसपछि मन्त्री यादवले ९८४८४९४६६६ नम्बर नोट गर्न हतरामलाई आग्रह गरेछन् । ‘यो वन मन्त्रालयको सचिवको नम्बर हो र ढुक्क हुनुहोस यसवाट दुई दिन भित्रै तपाँइलाई म्यासेज आउँछ ,’ मन्त्रीको कुरा स्मरण गर्दै हेतरामले भने ‘ तर तीन दिनसम्म पनि कुनै म्यासेज नआएपछि दिएको नम्बरमा फोन हान्दा त्यो नम्बरपनि मन्त्री यादब आँफैले उठाउनु भएको थियो ।’
भाइ कृष्णलाई सरकारी जागिर खुवाउने अभिलाशाका साथ हेतराम, भाइ कृष्णका साथ बुटवलको बसपार्क स्थित होटेलमा गाउँकै ४५ बर्षीय बुवा नरेन्द्र चौधरी र उनका २२ बर्षीय छोरा प्रेमपनि होटेलमा बस्दै आएका थिए । प्रेमले पनि वन रक्षकको परीक्षा दिन गएका गएका थिए भने उनका बुवा नरेन्द्रपनि संगै गएका थिए । होटेलमा तीन दिन बस्दा थप दश हजार जति खर्च भइ सकेको थियो । तर, मन्त्रीले दिएको नम्बरबाट कुनै म्यासेज आएन ।
भेट्न जाँदा थप अरु तीन वटा नम्बरहरु ९८४८०३१०५५, ९८५११४८१२२ र ९८५७०८३२३१ दिएर मन्त्री यादवले ढुक्क भएर घर फर्किन र केही दिनमै म्यासेज आउने विश्वास दिलाए । तर, म्यासेज आउँदै आएन । बरु त्यो बीचमा मन्त्री यादबले हेतरामलाई केही दिन बिराउँदै आँफै फोन गरि रहन्थे । जति पटक फोन गर्थे पैंशा नै माग्थे । हेतरामले गाउँ घरमा ऋण सापटी गर्दै एक महिनाको अवधिमा ६ पटक गरि साढे दुई लाख बढी मन्त्री यादवकै खातामा आइएमइ गर्दै तुलसीपुरका बिभिन्न मनी ट्रान्सफरमार्फत पैंशा पठाएको भौचर सुरक्षित राखेका छन् ।
त्यति पैंशा असुली सकेपछि भने मन्त्री यादवले हेतरामको फोनहरु उठाउन छोडे । उनको नम्बर नै ब्लक लिष्टमा राखिदिए । म्यासेज पठाउँदापनि कुनै जबाफ फिर्ता गरेनन् । अर्कौ तर्फ ऋण काढेको पैंशा माग्न साहुहरु घरमै आउन थालेका थिए । हेतरामले मन्त्री यादवलाई दिनहुँ जसो फोन गरे । कुनै उपाय चलेन । शंकर पोखरेल नेतृत्वको सरकार ढलेसंगै यादवपनि मन्त्रीबाट हटे । त्यसपछि पनि उनले कुनै वास्ता गरेनन् ।
यो बीचमा चार पटक दिएको पैंशा फिर्ता माग्नका लागि भनेर बाँकेको डुडुवा गाउँपालिका वडा नं. १ स्थित बिजयबहादुर यादवको घरमा पुगि सकेको हेतरामले बताए । घरमा जाँदा यादबले केही दिनमै रकम फिर्ता गर्ने वाचा गरेपनि हालसम्म एक रुपैंया फिर्ता नगरेको पीडित भनिएका हेतरामले बताए ।
गत मंसिरको निर्वाचन पूर्व यादब नेकपा एमाले प्रबेश गरेका छन् । गत संसदीय निर्वाचनमा बाँकेको २ (क) बाट उम्मेदवार बनेका यादव जसपाका भण्डारीलाल यादवसंग पराजित भएका थिए ।
बाँकेमा अरुण कोइराला नेपाली काँग्रेसको सभापति भएको समयमा यादब काँग्रेसको निर्वाचित जिल्ला सचिवपनि थिए । अवसरको राजनीति गर्दै आएका यादवमाथि पछिल्लो समय जागिरको प्रलोभन देखाइ आफ्नै कार्यकर्तासमेत बाट रकम उठाएको आरोप लाग्ने गरेको बाँकेका एक पत्रकारले बताए ।
त्यही कारण यादव फोन सम्पर्कमा आउन छोडेको उनले जानकारी दिए ।
यादवको भनिएको ९८५११४८१२२ नम्बरमा असार २० गते (बुधबार) दिउँसो १८ पटक फोन सम्पर्क गर्दापनि उनी सम्पर्कमा आउन चाहेनन् । परिचयसहित म्यासेज पठाउँदापनि कुनै प्रतिक्रिया दिएनन् । यादवका भनिएका अन्य सबै फोन नम्बरहरुमा भने फोन सम्पर्क हुन सकेको थिएन ।
ऋणकै कारण श्रीमतिले समेत छोडेर माइती गइ – हेतराम
हेतरामको आफ्नो नाममा एक टुक्रा जग्गा छैन । उनले एैलानी जग्गामा बसोबास गर्दै आएको बताए । पेशाले उनी घर बनाउने मिस्त्रीको काम गर्छन ।
पैंशा नभएकै कारण ७ बर्षीया छोरी श्रृष्टीलाई तुलसीपुर – १८ बिजौरीस्थित निशुल्क पढ्न पाइने सहिद आवासिय विद्यालयमा राखेको बताए । १३ बर्षीय छोरा अनिस दंगीशरणको वीरेन्द्र माध्यमिक बिद्यालय हेकुलीमा कक्षा ९ मा अध्यनरत छन् ।
भाइ कृष्णलाई सरकारी जागिर खुवाउने आशमा लागेको चार लाख बढी ऋणकै कारण घरमा कलह हुन थाल्यो ।
घरको जेठो छोरा भएको नाताले पैंशा फसाएको सबै आरोप उनीमाथि घर परिवारले लगाउन थाल्यो । त्यही कलहका कारण तीन भाइ उनीहरु कही महिना अगाडि छुट्टी भिन्द भएको हेतरामले जानकारी दिए । यो बीचमा लागेको मध्य कति ऋण हेतरामले आँफुले ज्यालादारी घर निर्माणको काम गरि आर्जन गरेको पैंशाबाट तिरी सकेको बताए ।
बुटवल बस्ने साढु दाइलाई डेढलाख तिर्न सकेका छैनन् । जसले गर्दा साढु दाइ र दिदी संगको सम्बन्धपनि बिग्रिंएको छ । कुरा यत्तिमै सीमित रहेन ऋणमै डुवाएर आँफु र छोरा छोरीलाई बिचल्ली पारेको भन्दै श्रीमती दीपाले पनि एक महिना अगाडि आँफु र छोरालाई छोडेर माइतीमा गइ बसेको पीडा हेतरामले पोखे ।
‘मन्त्री यादबले म र मेरो परिवारको भविश्य बर्बाद पार्नु भएको छ,’ हेतरामले आँखाभरी आँशु पार्दै भने ‘उहाँमाथि अनुसन्धान गरि कानुनी कारबाही होस र मेरो सबै पैंशा फिर्ता हुनु पर्छ ।’
मन्त्री यादवका कारण आँफु र आफ्नो परिवारले ठूलो समस्या झेल्नु परेको ऋणकै कारण कलह सुरु भइ परिवार छिन्न भिन्न भएको हेतरामले बताए ।
‘ आज मात्रै ६ हजारका लागि एक जना साहु आएर खाना पकाउने ग्याससमेत उठाएर लैजाने धम्की दिनु भएको थियो,’ उनले भने ‘ म तुलसीपुर बजारसम्म अटोमा आउनका लागि समेत ऋण सापटी मागेर आएको हुँ ।’
यसअघि मन्त्री यादव बैंकिङ कसुर मुद्दामा असार ३१ ग्ते पक्राउ परेका थिए । उनी सम्बन्धित व्यक्तिलाई रकम बुझाएपछि साउन २ गते रिहा भएका थिए ।
यादवले तीन वर्ष पहिले सापटी लगेको १२ लाख २८ हजार रुपैयाँ फिर्ता नदिएको भन्दै रूपन्देहीको सियारी गाउँपालिका – १ का उमाशंकर यादवले जिल्ला अदालत रूपन्देहीमा मुद्दा दायर गरेका थिए।
मुद्दा दायरपछि जिल्ला अदालतले जारी गरेको पक्राउ पुर्जीको आधारमा यादवलाई बाँके प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पछि यादवलाई सोमबार जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा बुझाइएको थियो।
पीडित चौधरीले भने अहिले सम्म प्रहरीमा यादवका बिरुद्ध कुनैपनि उजुरी दिएका छैनन् । तर उनले अब छिट्टै उजुरी दिने तयारी गरि रहेको केही दिन पहिले बताएका थिए ।