२०८२ माघ १ गते बिहिवार

ट्रक दुर्घटनामा परि चालक गम्भीर घाइते

दाङ, असार ३ । दाङको अमेलियामा मल बोकेको ट्रक दुर्घटना हुँदा चालक गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत लमही नगरपालिका वडा नं. ९ शिवखोला पुलमा लु १ ख ४६०९ ट्रक दुर्घटना हुँदा रुपेन्देहीका ३७ बर्षीय चालक वशन्त लोहनिया गम्भीर घाइते भएका छन ।

इलाका प्रहरी कार्यालय अमेलियका अनुसार ट्रकले चालकको खुट्टा च्यापेको छ । ट्रकको केही भाग काटेर चालकको उद्धार गर्ने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ ।


भैरहवादेखि रासायनिक मल लिएर नेपालगंज तर्फ जाँदै गरेको उक्त ट्रक बिहान ४ ः ५० मा दुर्घटनामा परेको थियो ।
ट्रकमा चालक र सहचालक मात्रै सवार थिए । सहचालकको अवस्था भने सामान्ने रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८० साउन ३ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *