२०८२ माघ १ गते बिहिवार

यसकारण बढेको हो,बीरेन्द्र चोकमा महिलाको भिडभाड !

तुलसीपुर,साउन २ । मंगलवार दिउँसोको १ बज्दै थियो । तुलसीपुरको बीरेन्द्र चोकमा महिलाको निकै भिड लागेको थियो । त्यो भिड कुनै घटना भएर लागेको जम्मा भएको थिएन । त्यो भिड सबै मेहेन्दी लगाउन लाइनमा बस्नेहरुका कारण थियो ।


शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड तुलसीपुर शाखाले बीरेन्द्र चोकस्थित सार्वजनिक स्थलमा निशुल्क मेहेन्दीको स्टल राखेको छ । सोही स्टलमा मेहेन्दी लगाउन महिलाहरु पुगेका थिए । ३७ वर्षीय पुष्पा वली पनि सोही लाइनमा थिइन ।

उनी जिवनमै पहिलो पटक मेहेन्दी लगाउँदै थिइन । त्यसैले उनी निकै उत्साहाका साथ प्रतिक्षारत थिइन ।
‘काम बिषेशले बैकमा आएकी थिए, बैकका कर्मचारीले तपाई हाम्रो पुरानो ग्राहक हुनुहुन्छ,जसरी भएपनि मेहेन्दी लगाएर जानुहोला भन्नुभयो,‘उनले भनिन्,‘त्यसैले उहाँहरुको बोलीलाई नर्कान सकिन र मेहन्दी लगाउन आएकी हुँ।’

आफुले मेहेन्दी लगाउन नजान्ने र घरमा मेहेन्दी लगाइदिने कोही दिदी बहिनी नहुनेहरुका लागि बैंकले ल्याएको अफर निकै नै मन परेको वलीले बताइन ।

निशुल्क रुपमा मेहेन्दी लगाउन पाउँदा धेरै महिलाहरुमा खुसी थिए । मेहेन्दी लगाइ सकेपछि अनिता खड्काको प्रतिक्रिया खुसीले भरिएको थियो ।

बैकले निःशुल्क मेहेन्दी लगाउने स्टलमा २ जना मेहेन्दी लगाउने कर्मचारीहरु खटाएको छ । मेहेन्दी लगाइदिन बसेकी तुलसीपुरकी दिपिका गुप्ताका अनुसार साउन १ गते पहिलो दिन ४५ जना महिलाले मेहेन्दी लगाएका थिए भने दोश्रो दिन दिउँसो १ बजेसम्म ४९ जनाले मेहेन्दी लगाइसकेका थिए ।

यो संख्या बेलुकासम्म बढ्ने उनको अनुमान थियो । साउन महिनामा मेहेन्दी र हरिया चुरा लगाउने परम्परालाई लक्षित गर्दै बैंकले आफ्ना सबै शाखाहरुमा निशुल्क मेहेन्दी लगाउने कार्यक्रम राखेको तुलसीपुर शाखा प्रमुख दिपेन्द्रबहादुर थापाले बताए ।


रेसुङ्गा बैंकले २ दिनसम्म यो कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *