२०८२ माघ ३ गते शनिवार

घोराहीमा लक्ष्य भन्दा बढि राजश्व संकलन

दाङ, साउन २ । दाङको घोराही उप महानगरपालिकाले गत बर्षको तुलनामा आ.व.२०७९/०८० मा राजश्व संकलनमा उल्लेख्य प्रगति हासिल गरेको छ । देशको आर्थिक अवस्था कमजोर रहदा पनि घोराहीले राजश्व संकलनमा भने प्रगति हासिल गरेको हो ।

नगरले घर जग्गा रजिष्टे«सन बाँडफाडबाट १४ करोड ५६ लाख २६ हजार आठ सय ८४ रुपैया ८१ पैसा र नगरको राजश्व शाखा तथा १९ वटै वडाबाट २० करोड ७३ लाख २७ हजार पाँच सय ७१ रुपैया ७२ पैसा गरी जम्मा ३५ करोड २९ लाख ५४ हजार चार सय ५६ रुपैया ५३ पैसा राजश्व संकलन गरेको घोराही उप९महानगरपालिकाका लेखा अधिकृत लोकमणी शर्माले जानकारी दिए ।

उपमहानगरपालिकाले राखेको लक्ष्य भन्दा बढि राजश्व संकलन हुनुमा राजश्व शाखा तथा वडामा राजश्वमा काम गर्ने कर्मचारीको सक्रियता,मालपोत,सम्पती तथा व्यवसाय करमा दिइएको जरिवाना छुट,राजश्व गस्ती टोली परिचालन र करदातामा कर सचेतना बढ्नु मुख्य कारक रहेको उनको भनाइ छ ।

करको दररेट खासै हेरफेर नहुनु र दायरा समेत नबढ्दा पनि यतिका राजश्व संकलन हुनु ठुलो उपलव्धी रहेको शर्माले बताए ।

जम्मा १७ करोड ५० लाख आन्तरिक राजश्व संकलन गर्ने लक्ष्य राखेकोमा आर्थिक बर्ष २०७९/०८० मा २० करोड ७३ लाख २७ हजार पाँच सय ७१ रुपैया ७२ पैसा संकलन भएको र १४ करोड घरजग्गा रजिष्ट्रेसनबाट प्राप्त हुने लक्ष्य राखेकोमा १४ करोड ५६ लाख २६ हजार आठ सय ८४ रुपैया ८१ पैसा संकलन भएको छ ।

राजश्व शाखा प्रमुख कृष्ण केसीले वडागत रुपमा सवै भन्दा बढि १५ नम्वर वडाबाट तीन करोड १६ लाख ८४ हजार चार सय ८३ रुपैया २६ पैसा र वडा नम्वर १४ बाट एक करोड २१ लाख सात सय ७४ रुपैया सात पैसा राजश्व संकलन भएको छ ।

यस्तै वडा नम्वर १० बाट ९२ लाख ८० हजार दुई सय ३० रुपैया त्रियासी पैसा,वडा नम्वर १७ बाट ७२ लाख १८ हजार पाँच सय आठ रुपैया ७४ पैसा,वडा नम्वर १८ बाट ५८ लाख ३४ हजार ६ सय ८७ रुपैया ६ पैसा,वडा नम्वर १० बाट ५६ लाख २४ हजार ४७ रुपैया ९९ पैसा,वडा नम्वर १३ बाट ५१ लाख ४५ हजार ६ सय ७३ रुपैया तीन पैसा,वडा नम्वर ७ बाट ४० लाख ७० हजार पाँच सय ४५ रुपैया ५७ पैसा,वडा नम्वर १२ बाट ३६ लाख ६० हजार आठ सय ७३ रुपैया ४८ पैसा,वडा नम्वर ४ ले ३५ लाख ४५ हजार तीन सय ८७ रुपैया ८५ पैसा,वडा नम्वर ९ बाट ३५ लाख ४३ हजार २८ रुपैया ९३ पैसा,वडा नम्वर ११ बाट ३३ लाख ७१ हजार दुइृ सय चार रुपैया १६ पैसा संकलन भएको छ ।

राजश्व संकलनको वडागत अवस्था अनुसार वडा नम्वर ६ ले ३१ लाख ९३ हजार ३६ रुपैया ९८ पैसा,वडा नम्वर ८ ले ३२ लाख ९ हजार दुई सय ५६ रुपैया चालिस पैसा,वडा नम्वर ३ ले ३० लाख ७० हजार एक सय ६९ रुपैया ३७ पैसा,वडा नम्वर ५ ले २५ लाख ७५ हजार १२ रुपैया ८७ पैसा,वडा नम्वर २ ले २३ लाख १८ हजार पाँचय सय ८९ रुपैया ६३ पैसा,वडा नम्वर १ ले १६ लाख ५० हजार १७ रुपैया २१ पैसा र वडा नम्वर १९ बाट दुइ लाख १५ हजार ८७ रुपैया ३९ पैसा संकलन भएको छ । नगरमा सवै भन्दा धेरै घर जग्गा रजिष्ट्रेसन बाहेक घर बहाल करबाट दुई करोड ७३ लाख ३४ हजार संकलन भएको छ भने सम्पती करबाट एक करोड ९७ लाख २४ हजार,भुमि तथा मालपोत संकलनबाट एक करोड ७१ लाख १० हजार संकलन भएको राजश्व शाखा प्रमुख केसीले जानकारी दिए ।

चालु आ।व।मा राजश्व संकलन प्रभावकारी बनाउन राजश्व गस्ती टोली परिचालन,कर संकलनमा संलग्न कर्मचारीको क्षमता अभिवृद्धि,व्यवसाय तथा मालपोत सम्पती करमा असोज मसान्त सम्म १० प्रतिशत छुट तथा पौष गतविगतका बर्षको बक्यौंतामा जरिवना छुटको व्यवस्था गरिएको केसीको भनाई छ ।

करदातालाई आर्कषित गर्न यस बर्षदेखी सुत्रमा आधारित सरकारी सफ्टवेयर जडान,प्रत्येक वडामा मोवाईल बैंकिङ प्रणाली क्यू.आर.कोड.मार्फत भुत्तानी,घरमै बसेर पनि कर तिर्ने व्यवस्था मिलाउन थालिएको उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोजराज घिमिरेले जानकारी दिए ।

यसैविच घोराहीको वडा नम्वर ७ ले गत बर्षको तुलनामा ३२ दशमलव २ प्रतिशत बढि राजश्व संकलन गरेको छ । आ.व.२०७८÷०७९ मा २७ लाख ६२ हजार चार सय २८ रुपैया चार पैसा राजश्व संकलन गरेकोमा आर्थिक बर्ष २०७९/०८० मा ४० लाख ७० हजार पाँच सय ४५ रुपैया ५७ पैसा संकलन भएको वडा सचिव बालकृष्ण चौधरीले जानकारी दिए।

जस अन्तरगत सवै भन्दा धेरै सिफारिस दस्तुरमा १४ लाख १३ हजार तीन सय ८५ रुपैया,भूमि तथा मालपोतबाट सात लाख ८९ हजार ६० रुपैया ९२ पैसा,लागत सहभागिताबाट सात लाख ७४ हजार पाँच सय र बहाल बिटौरी करबाट ६ लाख ४९ हजार दुई सय ८७ रुपैया ५० पैसा संकलन भएको छ भने अन्य बिभिन्न शीर्षकबाट चार लाख ४४ हजार तीन सय १२ रुपैया १५ पैसा संकलन भएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *