२०८२ माघ ३ गते शनिवार

गड्यौंला पालेर राम्रो आम्दानी गर्दै आएका कर्णबहादुर

तुलसीपुर, साउन २ । तुलसीपुरका ५२ बर्षीय कर्ण वलीले गड्यौंला ब्यबसायिक रुपमा पालेर राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेश गरेका छन् ।

उनले डेढ करिब एक डेढ महिनाको अबधिमा दुई लाख मुल्य बराबरको गड्यौंला बिक्रि गर्न सफल भएका छन् ।


गड्यौंलाबाट उत्पादन हुने भर्मी कम्पोष्ट मल एक केजी ३५ रुपैंयामा बेच्छन भने गड्यौंला एक केजीको १२ सय रुपैंयामा बिक्रि गर्दै आएको वलीले बताए । उनी कहाँ हाल करिब १८ लाख बढीको गड्यौंला बिक्रि गर्नका लागि तयारी अवस्थामा छ ।


घरमै ब्यबसायिक रुपमै तरकारी खेतीपनि गर्दै आएका वलीले आफ्नो खेत बारीमा गड्यौंले मल मात्रै प्रयोग गर्ने गरेको बताए ।
गड्यौंला पाल्न थालेपछि रासायिनक मल किनिरहनु पर्ने बाध्यताको अन्त्य भएको पनि उनले बताए ।


ऋाफ्नो झन्डै एक बिहान जग्गामा उनले सिजन अनुसार बिभिन्न ब्यबसायिक तरकारी खेतीका साथै कागती, कलमी आँप लगाएतका बोट विरुवा पनि लगाएर त्यसबाट फाइदा लिदै आएका छन् ।


गड्यौंले मलको प्रयोगले मोटो गुणस्तर राम्रो हुने र उत्पादित अग्र्यानिक बस्तुले स्वास्थ्यपनि नबिग्रने हुँदा पछिल्लो समय प्राङगारिक मल प्रयोग गर्नेहरुको संख्या बढ्दै गएको छ ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *