२०८२ माघ १ गते बिहिवार

पूर्व कमैयाको अवस्था सुधार नहुनु दुःखद् ः मुख्यमन्त्री

तुलसीपुर,साउन २ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कमैया मुक्त भए पनि अझै सुधार नुहुनु दुःखद् रहेको बताएका छन् ।

२३ औं मुक्त कमैया दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले तराईका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका २७ हजार पाँच सय ७० मुक्त घोषणा भए पनि अझै पनि पूर्णरूपमा मुक्त हुन नसकेको भन्दै दुःख व्यक्त गरे ।

मुक्त कमैयाका समस्या समाधानका लागि तीनै तहका सरकार गम्भीर बन्नुपर्ने मुख्यमन्त्री चौधरीको भनाइ छ ।

विसं २०५७ साउन २ गते कमैया मुक्ति घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *