तुलसीपुर,साउन २ । दाङको तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा रेविज विरुद्धको भ्याक्सिन अभाब भएको छ ।
करिब डेढ महिनादेखि रेबिज विरुद्धको भ्याक्सिन अभाब रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा। ओम अर्यालले बताए ।
पटकरपटक भ्याक्सिनकालागि माग फाराम भरेर पठाएपछि अझै पनि आउन सकेको छैन । भ्याक्सिन नहुँदा विरामीलाई निजि अस्पताल पठाउनु पर्ने बाध्यता छ ।
रेविज विरुद्धको भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाइन्छ । तर, सरकारी अस्पतालमै भ्याक्सिन अभाब भएपछि निजि अस्पताल पठाउनु पर्छ । निजि अस्पताल पठाउँदा एउटा भ्याक्सिनलाई सातसय रुपैँयासम्म पर्छ ।
पछिल्लो समय निजि अस्पतालमा पनि भ्याक्सिन अभाब रहदै आएको छ । प्रादेशिक अस्पतालमा १० दिनमा तीन सय भ्याक्सिन खपत हुने गरेको छ ।
प्रकाशित मिति : २०८० साउन २ गते मङ्गलवार